सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक...
काठमाडौ - अविरल वर्षापछि गएको बाढीपहिरोले ठाउँ–ठाउँमा सडक र पुलमा क्षति पुर्याएपछि बन्द भएका सडक बिस्तारै खुल्दै गएका छन्। र, जनजीवन पनि सहज बन्दै गएको छ।
केही दिनअघि परेको अविरल वर्षाले सवारी चाप बढी हुने पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले यी दुवै मार्गमा दुईतर्फी नै यातायात सञ्चालनमा छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा १४ भदौको भोटेकोशी बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा सडक भासिएको थियो। पछि भासिएको सडकखण्डभन्दा केही माथि नयाँ ट्र्याक खोलेर १८ दिनमा सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेकाले पनि वर्षात्को समयमा उक्त मार्गमा सवारी चलाउन रोक लगाइएको थियो। अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा सवारीसाधन चलिरहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए।
अहिले लमजुङ–मनाङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क भने टुटेको छ । बागलुङ–पर्वत जोड्ने मालढुंगास्थित कालीगण्डकी नदीको पक्की पुलको पहुँच सडक बगाउँदा दुई जिल्लाबीच सिधा सडक सम्पर्क टुटेको छ । यस्तै गएको १० भदौमा आएको भोटेकोशी बाढीले सडक र पुल बगाउँदा रसुवा–नुवाकोट पनि अझै सिधा सडक सम्पर्कमा जोडिन सकेको छैन ।
‘अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सडक र पुलमा छ, बागलुङका वैकल्पिक मार्ग चलेका छन्,’ प्रवक्ता न्यौपानेले भने, ‘समस्या भएका सबै राजमार्गमा शुक्रबारसम्म सहज रूपमा सवारी चल्छन् । दसैंसम्म पानी नपरे कुनै समस्या छैन ।’ नागढुंगा–मुग्लिन भएर दिनहुँ सानाठूला गरेर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला यो संख्या बढेर तेब्बर बढी हुने सडक विभागले जनाएको छ ।
पूर्वी तराई जोड्ने बीपी राजमार्गमा मंगलबारबाट दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । शुक्रबार बाढीले विभिन्न खण्डको अस्थायी डाइभर्सन सडक बगाएपछि सवारी आवागमन ठप्प थियो । अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमै सवारीसाधन ओहोरदोहोर गरिरहेको सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले बताए ।
‘बढी समस्या भएको चौकीडाँडा खण्डमा स्थायी रूपमा निर्माण भइरहेको सडकको ट्र्याक नै बनाएर सवारी चलाएका छौं,’ योगेशले भने, ‘डाइभर्सनबाटै चलाऔं भनेर प्रयास गरेको भएन, अहिले केही दिनका लागि उक्त खण्डको काम रोकिएको छ ।’ केही दिनपछि खोलाको बहाव घटेपछि त्यहाँ अस्थायी डाइभर्सन बनाएर सवारीसाधन चलाइने उनले सुनाए । ‘दसैंका लागि राजमार्ग तयार गर्दै छौं,’ उनले भने, ‘यो बेला काम गर्ने मान्छे बसे भने स्थायी सडक निर्माणको काम जारी रहन्छ, त्यो बेला खोलामा डाइभर्सन बनाएर पनि सवारी चलाउँछौं ।’ सवारी चाप धेरै नै भयो भने नयाँ ट्र्याकबाट सवारी चलाइने उनको भनाइ छ ।
भकुन्डेबाट कुनै ट्राफिक जाम नभए नयाँ ट्र्याकबाट डेढ घण्टामा नेपालथोक पुगिने पनि प्रमुख योगेशले जनाए । उक्त राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेसी, कटुन्जे, चौकीडाँडा खण्डको अस्थायी डाइभर्सन बाढीले बगाएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्ड पिप्ले–बर्खेखोला खण्डको ३.२ किमिमा काम हुन सकेको छैन । यहाँ अहिले अस्थायी डाइभर्सन बनाएर सवारी चलाउनुको विकल्प छैन । अघिपछि यो मार्ग भएर दैनिक ४ हजारदेखि ५ हजार हाराहारी सवारीसाधन ओहोरदोहोर गर्छन् । दसैंमा ९ देखि १० हजार सवारीसाधन चल्ने भएकाले यो चापलाई ध्यानमा गर्दै नयाँ ट्र्याकबाट सवारी चलाएर आवागमन सहज बनाउने तयारी सडक डिभिजन कार्यालय भक्तपुरको छ ।
नागढुंगादेखि मुग्लिनसम्म केही खण्डमा बाहेक धेरैजसो ठाउँमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा भइरहेको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले बताए । यस खण्डमा पहिरोको जोखिम रहेका क्षेत्र पनि छन् । शीलतबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट, चौकीभीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, चालीसे, धारापानी, घोप्टेभीर र सिमलधारा छन् ।
यस खण्डमा कतै सडक भासिएका र कतै पहिरो खसेर सवारी आवागमन प्रभावित बन्दै आएको छ । ‘अहिले एकतर्फी रहेका तीन वटा खण्डमा सवारी सहज बनाउने काम भइरहेको छ,’ पौडेलले भने, ‘हिलोको समस्या भएको खण्डमा काम गर्दै छौं, चाडबाडलाई ध्यानमा राखेर सडक सहज बनाउने काम केही दिनमै थाल्दै छौं ।’ कान्ति राजमार्गमा पनि सवारीसाधन सहजै चलिरहेको सडक विभागले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...