रेनो ट्राइबर १०० पीएस भारतमा लन्च, २१ किलोमिटरसम्म माइलेज दिने

रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एमपीभी ट्राइबरको ट्राइबर १०० पीएस लन्च गरेको छ। यसको सुरुवाती मूल्य ७ लाख ८४ हजार भारु तोकिएको छ।

ट्राइबर १०० पीएस रेनो समूहको नयाँ आरजीईपीमा आधारित भारतमा ल्याइएको पहिलो मोडल हो। ट्राइबर १०० पीएसलाई इभोलुसन, टेक्नो र इमोशन गरी ३ भेरियन्टमा उपलब्ध गराइएको छ। नयाँ ट्राइबर १०० पीएसको सबैभन्दा महत्वपूर्ण परिवर्तन यसको पावरट्रेनमा गरिएको छ। यसमा १.० लिटर टर्बोचार्ज्ड टीसीई पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १०० पीएस पावर र १८० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार नयाँ ट्राइबरले २१ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्छ।

ट्राइबरको अर्को प्रमुख विशेषता यसको मोड्युलर क्याबिन हो। नयाँ संस्करणमा पनि ५, ६ र ७ सिटको विभिन्न कन्फिगरेसन प्रयोग गर्न सकिने सुविधा कायम राखिएको छ। तेस्रो पङ्क्तिका सिटलाई आवश्यकता अनुसार फिक्स वा हटाउन सकिन्छ भने दोस्रो पङ्क्तिका सिटमा स्लाइड र रिक्लाइन सुविधा उपलब्ध छ। सिट व्यवस्थाअनुसार बुट स्पेसलाई पनि विस्तार गर्न सकिने र अधिकतम ६२५ लिटरसम्मको क्षमता उपलब्ध हुने कम्पनीले जनाएको छ।

नयाँ ट्राइबर १०० पीएसमा एलईडी लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, डिजिटल एलईडी इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, पुश-बटन स्टार्ट/स्टप र क्रूज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । साथै सेफ्टीका लागि नयाँ ट्राइबर १०० पीएसमा ६ वटा एयरब्याग, २१ वटा सेफ्टी फिचर, रियर-भ्यू क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...