बीवाईडीको डाइनेस्टी सिरिजले रच्यो इतिहास, १३ वर्षमै एक करोड गाडी उत्पादन

काठमाडौं–बीवाईडीको चर्चित ‘डाइनेस्टी’ सिरिजले सवारी उत्पादनमा नयाँ माइलस्टोन पार गरेको छ । कम्पनीले आफ्नो डाइनेस्टी सिरिजअन्तर्गतको एक करोडौं गाडी उत्पादन गरी एसेम्ब्ली लाइनबाट बाहिर ल्याएको हो ।

सन् २०१३ को अगस्टमा बीवाईडी क्विन मोडलबाट सुरुवात भएको यो सिरिजलाई एक करोडको आँकडा छुन करिब १३ वर्षको समय लागेको छ । सिरिजको एक करोडौं गाडीको रूपमा कम्पनीको फ्ल्यागसिप सेडान दा हान (द ग्रेट हान) उत्पादन लाइनबाट बाहिरिएको हो ।

हाल यस सिरिजअन्तर्गत टाङ, हान, क्विन, सोङ, युआन र सिया गरी ६ वटा मुख्य मोडल रहेका छन्, जसभित्र विभिन्न वर्षका गरी कुल २७ वटा गाडीहरू उपलब्ध छन् ।

यो उपलब्धिलाई कम्पनीले आफ्नो बजार वृद्धिको एक महत्त्वपूर्ण हिस्साका रुपमा लिएको छ । सन् २०२६ को जनवरीमा ८८ लाख ६० हजार युनिट रहेको यस सिरिजको बिक्री केही महिनामै बढेर एक करोड पुगेको हो ।

बीवाईडीले बिक्री गरेका कुल एक करोड ५० लाख न्यू इनर्जी भेइकल(एनईभी) मध्ये डाइनेस्टी सिरिजको मात्रै करिब ९० लाख योगदान रहेको छ भने बाँकी ६० लाख ओसियन सिरिजले ओगटेको छ ।

उत्पादनको यो विशेष उपलब्धि हासिल गरेको नयाँ दा हान सेडानमा अत्याधुनिक प्रविधि र सुविधाहरू समावेश गरिएको छ । ५,२५६ एमएम लम्बाइ र ३,१३० एमएम ह्विलबेस भएको यो सेडानमा डुअल–च्याम्बर एयर सस्पेन्सन र ५ मिटरभन्दा कम टर्निङ रेडियस प्रदान गर्ने रियर–ह्विल स्टेयरिङ रहेको छ ।

गाडीमा १०२.३२ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा १,००८ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...