टाटाका सबै ईभीमा ‘ब्याट्री–एज–अ–सर्भिस’ सुविधा, अब सस्तो मूल्यमै गाडी किन्न सकिने
काठमाडौं–टाटा मोटर्सले आफ्ना सबै विद्युतीय कारमा...
काठमाडौं–विद्युतीय सवारी साधन (ईभी) तर्फ मानिसहरूको आकर्षण निरन्तर बढ्दै गए पनि अझै धेरै उपभोक्ताका मनमा दुई मुख्य चिन्ता रहने गर्छन्ः सुरक्षा र रेन्ज/ब्याट्रीको टिकाउपन ।
ब्याट्रीमा आगलागी हुने जोखिम र यात्राका क्रममा चार्ज सकिने डरलाई समाधान गर्न विश्व प्रसिद्ध ब्रान्ड बीवाईडीले बजारमा ब्लेड ब्याट्री ल्याएको छ ।
नयाँ युगको ब्याट्रीका रुपमा ख्याती कमाइरहेको यो ब्याट्री बीवाईडीका अन्य ईभीमा जस्तै नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी एट्टो३ मा समेत जडान गरिएको छ । यहि ब्याट्रीका कारण एट्टो३ चढ्ने ग्राहकले आँफूलाई निम्न ४ अवस्थामा ढुक्क महशुस गर्न सक्नेछन् ।
अत्यधिक सुरक्षित
सामान्य लिथियम–आयन ब्याट्रीहरू अत्यधिक तातेर वा दुर्घटनामा परेर क्षत–विक्षत हुँदा आगो लाग्ने वा विस्फोट हुने खतरा हुन्छ । तर बीवाईडी ब्लेड ब्याट्रीले ब्याट्री सुरक्षाको सबैभन्दा कठिन मानिने ‘नेल पेनेट्रेसन टेस्ट’ पास गरेको छ । तिखो काँटीले ब्याट्रीलाई सीधा छेड्दा पनि यसमा आगो लाग्दैन वा धुवाँ आउँदैन । ब्याट्रीको ब्लेड जस्तै पातलो र बलियो बनावटका कारण यो दुर्घटनाको समयमा पनि पूर्ण रूपमा सुरक्षित रहन्छ ।

लामो आयु
सामान्यतया मानिसहरूलाई ईभीको ब्याट्री कति वर्ष वा कति दूरीसम्म टिक्छ भन्ने चासो हुन्छ । बीवाईडी ब्लेड ब्याट्रीको आयु सोचेभन्दा धेरै लामो रहेको छ । यो ब्याट्रीले ५ लाख किलोमिटरभन्दा बढीको ड्राइभिङ माइलेजलाई सहजै सपोर्ट गर्ने दाबी गरिएको छ । यसको अर्थ गाडीको आयु सकिए पनि ब्याट्रीको कार्यक्षमता उच्च नै रहन्छ, जसले गर्दा सवारी धनीलाई ब्याट्री फेर्ने चिन्ता रहँदैन ।
द्रुत चार्जिङ
यात्रामा निस्कँदा चार्ज गर्न धेरै समय लाग्नु ईभीको अर्को ठूलो चुनौती हो । तर ब्लेड ब्याट्रीले फास्ट चार्जिङ क्षमतालाई नयाँ उचाइमा पु-याएको छ । बीवाईडी एट्टो ३ को कुरा गर्नुपर्दा, यो ब्याट्री मात्र ५० मिनेटमा शून्यबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । यात्राको क्रममा खाजा खाने वा केही बेर आराम गर्ने समयमै ब्याट्री पुनः यात्राका लागि तयार भइसक्छ ।
उत्कृष्ट ड्राइभिङ रेन्ज
दैनिक आउजाउका साथै लामो दूरीको यात्राका लागि यो ब्याट्री निकै उपयुक्त छ । बीवाईडी एट्टो ३ मा प्रयोग गरिएको ब्लेड ब्याट्रीले एक पटकको पूर्ण चार्जमा ४२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले गर्दा चालकले छोटो वा मध्यम दूरीको यात्रामा बारम्बार चार्ज गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउँछन् ।
बीवाईडीको ब्लेड ब्याट्रीले सुरक्षा, लामो आयु, द्रुत चार्जिङ र उच्च रेन्जको उत्कृष्ट सन्तुलन मिलाएको छ । यस प्रविधिले विद्युतीय गाडीप्रतिको मानिसहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउँदै ईभी उद्योगमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...