नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय एमपीभी ट्राइबरलाई टर्बोचार्ज्ड इन्जिनसहित लन्च गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार नयाँ टर्बो ट्राइबर भारतीय बजारमा लन्च हुन सक्ने सम्भावना छ।
टर्बोचार्ज्ड पेट्रोल इन्जिन जडित नयाँ रेनो ट्राइबरले हालको नेचुरली एस्पिरेटेड इन्जिनको तुलनामा थप पावर र टर्क प्रदान गर्ने अपेक्षा गरिएको छ।कम्पनीले अहिलेसम्म नयाँ ट्राइबरको इन्जिन, पावर, टर्क र आधिकारिक मूल्यबारे पूर्ण विवरण सार्वजनिक गरेको छैन। तर, रिपोर्टका अनुसार यसमा रेनोको १.० लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग हुन सक्ने अनुमान गरिएको छ। सो इन्जिनले १०० बीएचपीको पावर र १६० एनएमको टर्क उत्पादन गर्ने हुने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार नयाँ एमपीभी टर्बो इन्जिनका साथै सीएनजी भेरियन्टमा पनि लन्च गर्न सक्ने अनुमान गरिएको छ । हालै यसकी सीएनजी भेरियन्ट ट्राइबर परीक्षणको समयमा देखिएको थियो ।
टर्बो इन्जिन थपिएसँगै नयाँ ट्राइबरको मूल्य हालको मोडलभन्दा केही महँगो हुने सम्भावना छ। नयाँ टर्बो ट्राइबरको मूल्य ७ लाख भारु भन्दा बढि हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको वास्तविक मूल्य भने लन्चका क्रममा मात्रै स्पष्ट हुनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...