होन्डा कार किन्न एनआईसी एसिया बैंकले फाइनान्स सुविधा उपलब्ध गराउने

काठमाडौं - नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एसिया बैंकबिच होन्डा कार खरिद गर्न सहज बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ। यस अनुसार होन्डा कार किन्ने ग्राहकलाई कम ब्याजदरमा सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

यस अनुसार ग्राहकहरुले डकुमेन्ट बुझाएको ७ दिनभित्रै आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रक्रिया अपनाइने छ ।

सम्झौता पत्रमा स्याकार ट्रेडिङ कम्पनीको तर्फबाट म्यानेजिङ डाइरेक्टर सिर्जना शाक्य ज्योति र एनआईसी एसिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र अटो लोन हेड दिपक आचार्यले हस्ताक्षर गरे ।

नेपालमा होन्डा एलिभेट, सिटी फिफ्थ जेन, अमेज र सिटी ईःएचईभी कार उपलब्ध छन् । विभिन्न विशेषता र मूल्यमा उपलब्ध यी कार ग्राहकले आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...