बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
काभ्रे – काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको...
काठमाडौं - काठमाडौं आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।
पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।
धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले जानकारी दिए।
बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो। तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको एसपी खड्काले बताए। ‘पहिरो पन्छाउने प्रयास भैरहे पनि निरन्तरको वर्षाका कारण समस्या भएको छ,’ एसपी खड्काले भने।
नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो ।
बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको सूचनामा उल्लेख छ ।सोहीकारण, अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द रहने जानकारी दिइएको छ ।
गएको भदौ १४ गते त्रिशूली नदीको काटानको कारण कृष्णभिर क्षेत्रको सडक भासिएपछि दुई साता लगाएर डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो। सोही डाइभर्सनसहितका ठाउँमा पहिरो झरेको हो। कान्तिलोकपथ र बीपीराजमार्ग पनि पहिरोले बन्द हुँदा आवतजावत पूर्णरूपमा रोखिएको प्रहरीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...