गोर्खाज फाइनान्सले म्याक्सस, डोङफेङ, ट्राइ–रिङ र फोर्स मोटर्सका गाडी किन्न ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौँ – नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेड बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८० प्रतिशत सम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशत सम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ ।

पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत–प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ । अर्गनाइजेसनले एसएआईसी अर्थात साइक मोटसको प्रिमियम ब्रान्ड म्याक्सस पिकअप, डोङफेङ कमर्सियल भेइकल्सका विद्युतीय सिटी बस तथा स्कुल बस, हुबेई ट्राइ–रिङ मोटर्सका विद्युतीय ट्रक तथा टिपर र फोर्स मोटर्सका कमर्सियल तथा प्यासेन्जर भेइकल्स बिक्री–वितरण गरिरहेको छ ।

यस साझेदारीमार्फत हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सले मुलुकभर गुणस्तरीय हरित कर्जा विस्तार गर्दै यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...