असोज १२ सम्म लामो दूरी र रातको यात्रा नगर्न यातायात व्यवसायी महासंघको अपिल

काठमाडौं - नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि लामो दूरी तथा रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य रूपमा जानकारी लिन आफ्ना सदस्यलाई आग्रह गरेको हो।

महासंघले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न यात्रुलाई सुझाव दिएको छ। साथै, मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दै रातको समयमा यात्रा नगर्न पनि आग्रह गरेको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको थियो। सोही अनुरूप महासंघले यातायात व्यवसायीलाई सचेत गराएको जनाएको छ।

सरकारले यस साता निरन्तर तथा भारी वर्षा हुन सक्ने र त्यसका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

महासंघले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको अवस्था र मौसमको जानकारी लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...