होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर लन्च, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–होन्डाले आफ्नो नयाँ पारिवारिक इलेक्ट्रिक स्कुटर क्यूसी३ बजारमा...
काठमाडौं–होन्डाले आफ्नो नयाँ क्लासिक रोडस्टर बाइक ‘सीबी ५००’ भारतीय बजारमा आधिकारिक रूपमा लन्च गरेको छ । यसअघि यो मोडल ३५० सीसी इन्जिनमा उपलब्ध थियो ।
जुलाइ २०२६ मा पहिलोपटक सार्वजनिक गरिएको यो बाइक तीनवटा भेरियन्ट र चारवटा आकर्षक रङमा उपलब्ध गराइएको छ, जसको सुरुवाती मूल्य २ लाख ७५ हजार भारु तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध प्यारालल–ट्विन इन्जिनको सट्टा भारतमा निर्मित सीबी ५०० मा ५०१ सीसीको सिंगल–सिलिन्डर, एयर/आयल–कुल्ड इन्जिन प्रयोग गरिएको छ ।
यस इन्जिनले २७.६ बीएचपी पावर र ४३.३ एनएम टर्क उत्पादन गर्छ, जसमा ५ स्पीड गियरबक्सका साथ स्लिपर क्लच र सेलेक्टेबल टर्क कन्ट्रोलको सुविधा पनि दिइएको छ ।
कम्पनीका अनुसार यो नयाँ मोडललाई एलोय ह्विल, क्रस–स्पोक ट्युबलेस ह्विल र क्रस–स्पोक ट्युबलेस विथ स्ट्राइप गरी तीन भेरियन्टमा बिक्रीका लागि राखिएको छ ।
आकर्षक क्लासिक डिजाइन र आधुनिक प्रविधिको सम्मिश्रण रहेको यस बाइकमा एनालग–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, होन्डा रोडसिङ्क एप कनेक्टिभिटी, अल एलईडी लाइटिङ सेटअप र दुवै ह्विलमा डिस्क ब्रेकसहित डुअल च्यानल एबीएस उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...