बाढी पश्चातको उद्धारमा साहस देखाउने राउत र अधिकारीलाई जेसीबी इन्डियाको सम्मान
काठमाडौं – नेपालमा हालै आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण...
नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (Driving License) सम्बन्धी सम्पूर्ण सेवा अब विद्युतीय माध्यमबाट प्रदान गर्ने गरी "विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३" स्वीकृत गरी लागू गरेको छ। यातायात व्यवस्था विभागबाट भदौ ३१ गते स्वीकृत पश्चात यो निर्देशिका लागू भएको छ।
यस निर्देशिका अन्तर्गत EDLVRS (Electronic Driving License and Vehicle Registration System) प्रणालीमार्फत नागरिकले घरबाटै अनलाइन आवेदन गरी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्नेछन्। यसले चालक अनुमतिपत्र सेवालाई थप सरल, छिटो, पारदर्शी र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
यस प्रणाली अन्तर्गत निम्न सेवाहरू डिजिटल रूपमा उपलब्ध हुनेछन्:
आवेदकले आफ्नो प्रदेशको EDLVRS पोर्टलमा प्रवेश गरी सेवा छनोट गर्नुपर्नेछ। नागरिक एपबाट QR Code Scan गरी वा राष्ट्रिय परिचयपत्रको आधारमा पहिचान प्रमाणीकरण गर्न सकिन्छ। त्यसपछि स्वास्थ्य परीक्षण, लिखित परीक्षा र प्रयोगात्मक परीक्षाको क्रमिक प्रक्रिया पूरा गरेपछि अनुमतिपत्र नम्बर जारी हुनेछ।
शुल्क भुक्तानी RMIS गेटवेमार्फत डिजिटल वालेट वा बैंकबाट अनलाइनमै गर्न सकिन्छ।
| प्रदेश | पोर्टल |
|---|---|
| यातायात व्यवस्था विभाग | edlvrs.dotm.gov.np |
| कोशी प्रदेश | edlvrs.koshi.gov.np |
| मधेश प्रदेश | edlvrs.madhesh.gov.np |
| बागमती प्रदेश | edlvrs.bagamati.gov.np |
| गण्डकी प्रदेश | edlvrs.gandaki.gov.np |
| लुम्बिनी प्रदेश | edlvrs.lumbini.gov.np |
| कर्णाली प्रदेश | edlvrs.karnali.gov.np |
| सुदूरपश्चिम प्रदेश | edlvrs.sudurpashchim.gov.np |
नागरिकले आवेदन पेश गरेदेखि सेवा पूरा नभएसम्म SMS लिङ्क वा Application ID मार्फत आफ्नो आवेदनको अवस्था अनलाइनमै हेर्न सक्नेछन्।
यस निर्देशिकाले "विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने कार्यविधि निर्देशिका, २०८०" लाई खारेज गरेको छ।
यस निर्देशिकाले नेपालको यातायात सेवालाई पूर्ण डिजिटल युगमा प्रवेश गराउने महत्त्वपूर्ण कदम मानिएको छ, जसले नागरिकलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...