नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु, नयाँ लिने र नविकरण गर्ने प्रक्रिया थप सहज हुने
काठमाडौं–सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स...
काठमाडौं–इटालियन विलासी कार निर्माता कम्पनी मासेरातीले आफ्नो ब्राण्डलाई नयाँ गति दिन चिनियाँ प्रविधि कम्पनी हुवावे र जेएसी मोटर्ससँग सहकार्य सुरु गरेको छ ।
हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार कम्पनीले दुई वटा नयाँ इलेक्ट्रिक सवारी साधनहरू निर्माण गर्ने योजनालाई अन्तिम रूप दिएको छ । जसमा एक मध्यमदेखि ठूलो आकारको इलेक्ट्रिक एसयूभी र अर्को ठूलो इलेक्ट्रिक जीटी मोडल रहेका छन् ।
कम्पनीले आफ्नो ऐतिहासिक पहिचान र खेलकुदप्रतिको विरासतलाई मजबुत बनाउन सबैभन्दा पहिले इलेक्ट्रिक जीटी कार बजारमा ल्याउने तयारी गरेको छ ।
यो साझेदारी प्रविधि, उत्पादन र अन्तर्राष्ट्रिय बिक्रीको एक नयाँ ढाँचामा आधारित छ । हुवावेले यस सहकार्य अन्तर्गत स्मार्ट ककपिट, स्वायत्त ड्राइभिङ प्रणाली र इलेक्ट्रिक ड्राइभ प्रविधि उपलब्ध गराउनेछ भने जेएसी मोटर्सले सवारी साधनको इन्जिनियरिङ र निर्माणको जिम्मेवारी सम्हाल्नेछ ।
मासेरातीले भने आफ्नो सय वर्ष पुरानो डिजाइन शैली र विश्वव्यापी बिक्री सञ्जालको प्रयोग गर्नेछ । चीनमा यी कारहरू माक्सट्रो ब्राण्ड अन्तर्गत बेचिनेछन् भने अन्तर्राष्ट्रिय बजारमा मासेरातीकै प्रसिद्ध लोगोसहित बिक्री वितरण गरिनेछ ।
उत्पादन लागत घटाउन र आफ्नो विलासी विरासतलाई कायम राख्न मासेरातीले आंशिक रूपमा तयार पारिएका कारहरू निर्यात गर्ने रणनीति अपनाएको छ । जसअनुसार कारको मुख्य स्टायल चीनको हेफेईस्थित कारखानामा तयार गरी अन्तिम फिनिसिङ र भित्री सजावटका लागि इटाली पठाइनेछ । कम्पनीले मध्य पूर्व, इटाली, फ्रान्स र जर्मनीलाई आफ्नो पहिलो लक्षित बजारका रूपमा पहिचान गरेको छ ।
यो कदम मासेरातीका लागि निकै महत्त्वपूर्ण मानिएको छ, किनकि सन् २०२५ मा कम्पनीको विश्वव्यापी बिक्री उल्लेख्य रूपमा घटेको थियो। डिजिटलाइजेशन र विद्युतीय कारको प्रतिस्पर्धामा पछाडि परेको मासेरातीले हुवावेको आधुनिक प्रविधि र चिनियाँ उत्पादन क्षमताको प्रयोग गरेर विश्व बजारमा आफ्नो पुरानो साख फर्काउने लक्ष्य राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...