जिलीको पहिलो अफरोड एसयूभीले पायो एक घण्टामै ४० हजार युनिट अर्डर
काठमाडौं–जिलीको पहिलो शक्तिशाली अफरोड एसयूभी ग्यालेक्सि क्रुजर ७०० ले...
पोखरा पोखरा क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गतको पोखरास्थित आधिकारिक डिलरले नयाँ दिपल निभो क्यू०५ लाई आगामी शुक्रबार सार्वजनिक गर्ने भएको छ । ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म चौतास्थित पोखरा शोरुममा विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
चांगानको नयाँ उर्जा सवारी साधन पोर्टफोलियो अन्तर्गत रहेको निभो क्यू०५ ले नेपालमा दिपलमार्फत प्रस्तुत भएको स्टाइलिस, प्रविधिमैत्री र प्रिमियम ईभी अनुभवलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ । चीनमा पछिल्ला ५ महिनादेखि सेगमेन्टकै नम्बर वान एसयूभीको रुपमा रहेको क्यू०५ ले कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘अ क्लास अबोभ’ अनुभव गर्ने लक्ष्यसहित आधुनिक ईभी प्रविधि, समसामयिक डिजाइन र स्मार्ट मोबिलिटीलाई एकसाथ प्रस्तुत गर्दछ । निभो क्यू०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।
१२० किलोवाटको विद्युतीय मोटरले क्यू०५ लाई ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्म ८.१ सेकेन्डमा गति लिन सक्षम बनाउँछ। क्यू०५ ले डब्लूएलटीपी परीक्षणअन्तर्गत ४०५ किलोमिटर रेन्ज प्रदान गर्दछ भने ऊर्जा खपत १२.९ किलोवाट आवर प्रति १०० किलोमिटर रहेको छ।
यसको टेक्नोलोजी प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके८६७५ ७–न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४०–डिग्री प्यानोरामिक भ्युइङ सिस्टम उपलब्ध छन्।
नयाँ क्यू०५ मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रियस्तरमा समेत ‘गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरिसकेको छ।
निभो क्यू०५ मा ५१.९ किलोवाट आवरको सीएटीएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ। निभो क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...