आगामी साता चितवनमा सार्वजनिक हुँदै दिपल निभो क्यू०५, २९ गतेदेखि टेस्ट ड्राइभ

चितवन – नेपालमा चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालिको चितवनको लागि आधिकारिक डिलर राजहंस अटोमोबाइलले नयाँ निभो क्यू०५ लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म दिपल चितवन शोरुममा निभो क्यू०५ को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

चांगानको नयाँ ईभी पोर्टफोलियोअन्तर्गत, नेपालमा दिपलले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम इभीको प्रतिनिधित्व गर्दै आएको छ।

यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै निभो क्यू०५ ले नेपालमा विद्युतीय एसयूभी अनुभवलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको छ। आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ एसयूभीका रूपमा स्थापित क्यू०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक ईभी प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको बताइएको छ।

नयाँ निभो क्यू०५ ले सहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक क्याबिन प्रदान गर्छ। यसको २,७३५ एमएम ह्विलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरूका लागि उपयुक्त छ। पछाडिका सिटहरूलाई आवश्यकताअनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्छ।

क्यू०५ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चांगानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व फक्सवागन ग्रुप डिजाइन प्रमुख क्लाउस जाइकिओराले गरेका छन्।

नयाँ क्यू०५ मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रियस्तरमा समेत ‘गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरिसकेको छ।

निभो क्यू०५ मा ५१.९ किलोवाट आवरको सीएटीएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ। निभो क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ।

चांगान निभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यू०५ को कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको छ।

फराकिलो क्याबिन, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित निभो क्यू०५ नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...