ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टी–ब्रान्ड शोरूम सञ्चालनमा
ललितपुर – ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ...
काठमाडौं–केटीएमले आफ्नो प्रसिद्ध ६४० एड्भेन्चरको आधुनिक अवतारका रूपमा नयाँ केटीएम ६९० -याली सार्वजनिक गरेको छ ।
कम्पनीले ६९० इन्डुरो आरको प्लेटफर्ममा आधारित भएर तयार पारेको यो नयाँ मोडललाई लामो दूरीको साहसिक यात्राका लागि विशेष रूपमा डिजाइन गरेको छ । यस बाइकमा अगाडि दुईवटा साढे तीन लिटरका थप इन्धन ट्यांक र पछाडि १३ लिटरको मुख्य ट्यांक गरी कुल २० लिटरको इन्धन क्षमता दिइएको छ ।
ह्यान्डलबारमा रहेको स्विचमार्फत चालकले कुन ट्यांकबाट इन्धन प्रयोग गर्ने भन्ने रोज्न सक्ने भएकाले यात्राको प्रकृतिअनुसार बाइकको तौल सन्तुलन मिलाउन सजिलो हुने जनाइएको छ ।
बाइकको अगाडिको भागमा विन्डस्क्रिन, ४.२ इन्चको टीएफटी डिस्प्ले, १२ भोल्टको सकेट र युएसबी टाइप–सी पोर्टसहितको -याली टावर जडान गरिएको छ । यसमा ६९२.७ सीसीको एलसी४ सिंगल–सिलिन्डर इन्जिन राखिएको छ जसले ७९ हर्सपावर र ७३ एनएम टर्क उत्पन्न गर्छ ।
बाइकमा ६–स्पीड गियरबक्सका साथै क्विकसिफ्टर र स्लिपर क्लच उपलब्ध छ । पूर्ण रूपमा समायोजन गर्न सकिने डब्लुपी एक्सप्लोर सस्पेन्सनले गर्दा यसको ग्राउन्ड क्लियरेन्स २६५ एमएम र सिटको उचाइ ९३५ एमएम रहेको छ ।
स्ट्रिट र अफ–रोड मोडका साथै कर्नरिङ एबीएस र ट्रयाक्सन कन्ट्रोल मिलाउन सकिने ऐच्छिक -याली मोड पाइने यस मोटरसाइकललाई केटीएमले अस्ट्रियाको म्याटिगहोफेन प्लान्टमा उत्पादन गरेको हो । यो बाइक अक्टोबरदेखि युरोपेली बजारमा उपलब्ध हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...