आर्कफक्स टी१ ले पायो इन्टरनेशनल सीएमएफ डिजाइन अवार्ड

काठमाडौं — नेपाली बजारमा हालै लन्च भएको आर्कफक्स टी१ ले २०२५ इन्टरनेशनल सीएमएफ डिजाइन अवार्ड हात पारेको छ ।
आर्कफक्स टी१ ले मास प्रोडक्सन भेइकल श्रेणीमा यो प्रतिष्ठित अवार्ड जितेको हो ।

आर्कफक्सको विशेष ‘आर्क फ्लो’ डिजाइन दर्शनमा आधारित टी१ मा आकर्षक बाह्य बनावटका साथै उत्कृष्ट रङ, गुणस्तरीय सामग्री र परिष्कृत फिनिसिङ प्रयोग गरिएको छ ।

यसको इन्टेरियरलाई १५.६ इन्चको ठूलो टचस्क्रीन र अत्याधुनिक प्रविधि तथा प्रिमियम सामग्रीको संयोजनबाट आरामदायी बनाइएको छ, जसले चालक तथा यात्रीलाई आधुनिक सवारी अनुभव प्रदान गर्दछ ।

नेपालका लागि आधिकारिक वितरक लक्ष्मी मोटरहबले शहरी जीवनशैली र दैनिक यात्रालाई सहज बनाउने उद्देश्यका साथ यो गाडी बजारमा ल्याएको हो । ४२.३ किलोवाट आवरको ब्याट्री क्षमता र उत्कृष्ट १८१ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस विद्युतीय क्रसओभरले नेपाली सडक अनुकूल आधुनिक सुरक्षा प्रणाली र उन्नत प्रविधिहरू समेटेको छ ।

अन्तर्राष्ट्रिय पहिचान, आधुनिक प्रविधि र दिगो सवारी अनुभव खोज्ने नेपाली ग्राहकका लागि आर्कफक्स टी१ एक नयाँ र प्रतिस्पर्धी विकल्पका रूपमा उपलब्ध भएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ३२ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...