नेपाली बजारमा उपलब्ध यी ३ ईभी चिनियाँ बजारमा सर्बाधिक बिक्री हुने ५ कारको सूचीमा
काठमाडौं–नेपाली बजारमाा बिक्री हुने तीन फरक ब्रान्डका विद्युतीय कार...
हुन्डाईले भारतमा आफ्नो सबैभन्दा किफायती कम्प्याक्ट इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसको कोडनेम एचईवनआई राखेको छ । सो नयाँ इलेक्ट्रिक एसयूभी २०२६ को अन्त्यसम्म लन्च हुने अपेक्षा गरिएको छ।
नयाँ इलेक्ट्रिक एसयूभी हुन्डाईको ईजीएमपीके प्लेटफर्ममा आधारित हुनेछ। नयाँ एसयूभी स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी २ भेरियन्टमा लन्च हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने इन्स्टर ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री विकल्प रहेको छ, जसले करिब ३०० देखि ३५५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यद्यपि भारतमा आउने एचईवनआईको ब्याट्री र रेन्ज भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
यसमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, लेभल २ एडास, ड्युअल १०.२५ इन्च डिस्प्ले, ३६० डिग्री क्यामेरा र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता अतिरिक्त प्रिमियम फिचर पनि उपलब्ध दिइनेछ ।
हुन्डाईको पोर्टफोलियोमा क्रेटा इलेक्ट्रिकभन्दा तल रहने सो नयाँ एसयूभीले भारतमा लन्च भएपछि टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी र किया साइराेस ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यसको मूल्य भने लन्चको समयमा मात्र घोषणा गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...