भारतमा कियाको नयाँ फ्ल्यागशिप सोरेन्टो लन्च, कुल ६ भेरिएन्टमा उपलब्ध हुने
कियाले आफ्नो फ्ल्यागशिप थ्री रो एसयूभी सोरेन्टोलाई भारतीय बजारमा लन्च...
काठमाडौँ, बुटवल तथा आसपासको क्षेत्रमा कियाका कार अब टाइम्स बिजनेस प्रालिले बिक्री गर्ने भएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले हालै टाइम्स बिजनेसलाई बुटवलको स्थानीय डिलर नियुक्त गरेको हो।
टाइम्स बिजनेसले बुटवलको डिलर नियुक्त भएसँगै त्यहाँ शोरुम निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। बुटवलमा सञ्चालनमा आएको कियाको शोरुमबाट रुपन्देदी तथा आसपासका उपमोक्तालाई सहज हुने विश्वास टाइम्स बिजनेसको छ।
कियाको सोनेट, सेल्टोस, स्पोर्टेज सोरेन्टाे हाइब्रिड लगायत कार नेपाली बजारमा उपलब्ध छन्। त्यस्तै ईभी नाइन तथा ईभी सिक्स लगायत विद्युतीय कार यसअघि उपलब्ध थिए। अब भने कियाको नयाँ ईभी साइरोस नेपाली बजारमा आउने तयारीमा छ।
उक्त कार साउन अन्तिममा सकिएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा बुकिङ लिइएको थियो। गत साता किया साइरोस ईभी शोकेसका लागि काठमाडौं ल्याइएको थियो।
टाइम्स बिजनेसले कियाको कार बिक्रीसँगै क्विक सर्भिससमेत उपलब्ध गराउने छ। उपभोक्तालाई बिक्रीपछिको सेवासमेत एकै स्थानबाट प्राप्त होस् भनेर शोरुमसँगै क्विक सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको टाइम्स बिजनेसका एमडी दिपकराज गिरीले जानकारी दिए।
टाटा प्यासेन्जर भेइकल व्यवसायमा एक दशक काम गरेका गिरी नेपालमा १५ हजार टाटा सुमो बिक्री गर्न सफल व्यावसायिक टोलीमा महत्त्वपूर्ण भूमिकामा थिए। त्यस्तै जेसीबी नेपालकाे व्यावसायिक इतिहासमा डीजीएम भइ कार्यरत रहँदा सबैभन्दा धेरै इक्पिवमेन्ट बिक्री तथा सबैभन्दा धेरै बजार हिस्सा बनाउने श्रेय पनि उनैलाई जान्छ।
अटोमोबाइल व्यवसायमा हासिल गरेको यही अनुभवलाई उपयोग गर्दै उनले २०१९ देखि कन्टिनेन्टलसँग आवद्ध रही काठमाडौं उपत्यकाकाे लागि ईसुजुकाे एक्सक्लुसिभ डिलर भइ उत्कृष्ट सेल्स गर्दै आएका थिए । टाइम्स बिजनेसले कियाका विश्वस्तरीय गाडी र भरपर्दो सेवा बुटवल तथा आसपासका ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...