विश्वको पहिलो इलेक्ट्रिक कार्गो जहाज सञ्चालन, ६७५८ किलोवाट आवर क्षमताको ब्याट्रीबाट सञ्चालित हुने
विश्वभर विद्युतीय सवारी साधनको प्रभाव अब समुद्री कार्गो जहाजहरू पनि पर्न...
काठमाडौं–जिलीले आफ्नो लोकप्रिय मिनी ईभी पान्डाको नयाँ संस्करण चीनमा बिक्री सुरु गरेको छ । घट्दो माग र प्रतिस्पर्धालाई ध्यानमा राख्दै ल्याइएको यस नयाँ भेरियन्टलाई कार्टिङ एडिसन नाम दिइएको छ ।
चीनमा सीमित अवधिको छुटसहित यो कार ६ हजार ५ सय ४० अमेरिकी डलरको सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ । तीन मिटरभन्दा केही लामो यो स्पोर्ट्स शैलीको तीन ढोके ह्याचब्याक कारले एक पटकको फुल चार्जमा २१० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
सन् २०२३ को फेब्रुअरीमा पहिलो पटक बजारमा आएको पान्डा मिनीले अहिलेसम्म चार लाख २६ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यद्यपि पछिल्लो समय यसको बिक्रीमा उल्लेख्य गिरावट आएपछि कम्पनीले नयाँ लुक्स र प्रविधिसहितको अपडेटेड भर्सन प्रस्तुत गरेको हो ।
अधिकतम १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने यो कार विशेष गरी युवा ग्राहकलाई लक्षित गरेर बनाइएको हो ।
यस नयाँ मोडलको सबैभन्दा ठूलो प्राविधिक परिवर्तन ब्याट्रीमा गरिएको छ । यसअघि प्रयोग हुँदै आएको गोसन कम्पनीको ब्याट्रीलाई विस्थापित गर्दै अब विश्वको शीर्ष ब्याट्री निर्माता सिएटीएलको १७.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ ।
२२ किलोवाटको डिसी फास्ट चार्जरमार्फत मात्र ३० मिनेटमा यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारमा ३० किलोवाट क्षमताको सिगंल इलेक्ट्रिक मोटर रहेको छ ।
कारको भित्री भागमा ९.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर भ्यु क्यामेरा, पार्किङ सेन्सर र दुई वटा एयरब्याग जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...