टाटाको नयाँ पुस्ताको नेक्सन: लन्चअघि नै लिक भयो टाटा नेक्सन २०२७ को इन्टेरियर
टाटा मोटर्सले नयाँ पुस्ताको नेक्सन २०२७ लन्च गर्ने तयारी गरिरहेको छ ।...
टाटा मोटर्सले आफ्नो लोकप्रिय कर्भ एसयूभीको नयाँ सिरिज एक्स लन्च गरेको छ। नयाँ कर्भ सिरिज एक्समा पहिलोपटक इन्ट्री लेवल स्मार्ट एक्स भेरियन्ट थप गरिएको छ। यसको मूल्य ९ लाख ९९ हजार ९९० भारु निर्धारण गरिएको छ।
टाटा कर्भ सिरिज एक्समा ३ वटा इन्जिन विकल्प रहेको छ । यसमा रेभोट्रोन १.२ लिटर पेट्रोल, हाइपरियन १.२ लिटर जीडीआई पेट्रोल र क्रायोजेट १.५ लिटर डिजेल इन्जिन रहेको छ । कम्पनीले सो एसयूभी म्यानुअल र अटोमेटिक गियरबक्ससहित कुल १० वटा भेरियन्ट र इन्जिन विकल्प उपलब्ध गराएको छ ।
सिरिज एक्सको स्मार्ट एक्स भेरियन्टमा १७ इन्चका एरो स्टाइल ह्विल, फ्लश डोर ह्यान्डल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रिभर्स गाइड पार्किङ असिस्ट, ६ वटा एयरब्याग, ईएसपी र ईबीडी सहितको एबीएस उपलब्ध गराएको छ । यसको प्योर एक्स र प्योर एक्स प्लस भेरियन्टमा १०.२५ इन्चको हर्मन टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले र क्रुज कन्ट्रोलजस्ता सुविधा थपिएको छ । क्रिएटिभ एक्स प्लस भेरियन्टमा भ्वाइस असिस्टेड प्यानोरमिक सनरुफ, ब्लाइन्ड–भ्यु मनिटर र दुईवटा स्क्रिनसहितको ३६० डिग्री भ्यु क्यामेरा उपलब्ध छ।
कर्भ सिरिज एक्सका अकम्प्लिश्ड एक्स र एक्स प्लस भेरियन्टमा एडास लेवल २ स्ट्यान्डर्डको रूपमा उपलब्ध गराइएको छ। एक्स प्लसमा जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, एक्टिभ भेन्टिलेटेड फ्रन्ट सिट, ९ वटा जेबीएल साउन्ड सिस्टम, ट्विन जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्युरिफायर, एलेक्सा इन्टिग्रेशन र इलेक्ट्रोक्रोमेटिक आईआरभीएम जस्ता फिचर समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...