विश्वको पहिलो इलेक्ट्रिक कार्गो जहाज सञ्चालन, ६७५८ किलोवाट आवर क्षमताको ब्याट्रीबाट सञ्चालित हुने

विश्वभर विद्युतीय सवारी साधनको प्रभाव अब समुद्री कार्गो जहाजहरू पनि पर्न थालेको छ । अष्ट्रेलियामा विश्वकै पहिलो सेल्फ अनलोडिङ इलेक्ट्रिक बल्क क्यारियर इलेक्ट्रिक कार्गो जहाज सञ्चालनमा ल्याइएको छ।

एमभी याम्पु नाम दिइएको सो १२५ मिटर लामो जहाज ६७५८ किलोवाट आवर क्षमताको पावरफुल ब्याट्री सिस्टम जडान गरिएको छ । सो जहाज अगस्ट २६, २०२६ देखि नियमित सञ्चालन सुरु गरेको थियो । यसले दक्षिण अष्ट्रेलियाको योर्के प्रायद्वीपमा रहेको क्लेन पोइन्ट खानीबाट एडिलेडको बर्कनहेडमा रहेको सिमेन्ट कारखानामा चुनढुङ्गा ढुवानी गर्नेछ।

सो जहाज समुद्री यातायात कम्पनी सीएसएलले अष्ट्रेलियाली निर्माण सामग्री निर्माता एद्ब्रीका लागि डिजाइन गरिएको हो। जहाजमा जडान गरिएको ठूलो ब्याट्रीका कारण यसको यात्राको करिब ४० प्रतिशत समय पूर्ण रूपमा इलेक्ट्रिक ऊर्जाबाट सञ्चालन गर्न सकिनेछ। यसले डिजेल इन्धनमा निर्भरता उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ। यसले प्रत्येक वर्ष ५ लाख लिटरभन्दा बढी डिजेल इन्धन बचत गर्नेछ। साथै यसबाट जहाज सञ्चालनका क्रममा हुने प्रत्यक्ष कार्बन उत्सर्जनसमेत करिब ४० प्रतिशतले घट्ने बताइएको छ।

एमभी याम्पुले एकपटकमा ११ हजार ९०० टनसम्म चुनढुङ्गा बोक्न सक्छ । यसले प्रत्येक वर्ष करिब २७ लाख टन चुनढुङ्गा ढुवानी गर्ने लक्ष्य राखिएको छ। कम्पनीका अनुसार यसको कार्गो बोक्ने क्षमता पुरानो एमभी अकलेड–२ को तुलनामा करिब ३५ प्रतिशत बढी छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...