विद्युतीय गाडी चालकलाई राहत, ब्याट्री मर्मत खर्च १० गुणासम्म घट्ने सीएटीएलको दाबी
काठमाडौँ —विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले...
काठमाडौं– चिनियाँ अटो निर्माता चेरीले आफ्ना विद्युतीय गाडीहरूमा सोलिड–स्टेट ब्याट्रीको वास्तविक सडक परीक्षण सन् २०२७ देखि सुरु गर्ने घोषणा गरेको छ ।
सिचुआनको यिबिनमा आज आयोजित ‘वर्ल्ड पावर ब्याट्री कन्फरेन्स’ मा बोल्दै कम्पनीका अध्यक्ष यिन तोङ्युएले यो नयाँ प्रविधिको विकासका लागि १० अर्ब युआन लगानी गरिने जानकारी दिएका हुन् । सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म कुनै पनि नयाँ प्रविधि गाडीमा प्रयोग नगर्ने कम्पनीको नीति रहेको छ ।
चेरीको नयाँ ‘राइनो एस’ सोलिड–स्टेट ब्याट्रीले एक पटकको फुल चार्जमा १ हजार ५०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । यस ब्याट्री सेलको ऊर्जा घनत्व ४०० देखि ६०० वाटआवर÷किलोग्रामसम्म रहनेछ र यसको पहिलो सडक परीक्षण एक्सिड ईएस८ स्टेसन वागनमा गरिने जनाइएको छ । पूर्ण सोलिड–स्टेट ब्याट्रीभन्दा अघि, चेरीले सन् २०२६ को चौथो त्रैमासिकदेखि नै ‘राइनो’ सोलिड–लिक्विड (सेमी–सोलिड) ब्याट्री गाडीमा जडान गर्न सुरु गर्न लागेको हो ।
चेरी ग्रुप अन्तर्गतकै अर्को कम्पनी अनवा न्यू इनर्जी टेक्नोलोजीले यसअघि नै इन्जिनियरिङ नमुनाहरूको परीक्षण उत्पादन सुरु गरिसकेको छ भने सन् २०२७ सम्म ५०० वाटआवर÷किलोग्राम क्षमताका ब्याट्रीहरूको ठूलो परिमाणमा उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
हाल चीनमा सीएटीएल, बीवईडी, जिली र गोसन जस्ता ठूला ब्याट्री तथा अटो निर्माताबीच सोलिड–स्टेट प्रविधिलाई कसले लिड गर्ने भन्नेबारे प्रतिस्पर्धा चलिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...