सुजुकीको दोस्रो ईभी २०२७ को भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने
काठमाडौं–मारुती सुजुकीले सन् २०२७ को भारत मोबिलिटी एक्स्पोमा आफ्नो...
मारुती सुजुकीको बहुचर्चित मल्टि–पर्पस भ्यान ‘ईको’ ले १५ लाख युनिट बिक्रीको ऐतिहासिक माइलस्टोन पार गरेको छ ।
सन् २०१० मा पहिलो पटक बजारमा आएको ईकोले सुरुवाती ५ लाख युनिट बिक्री गर्न ८ वर्षको समय लगाएको थियो । तर त्यसपछिको ५ लाख बिक्री ५ वर्षमै पूरा भयो भने पछिल्लो ५ लाख युनिट त केवल ३.५ वर्षमै बिक्री भएर कम्पनीले नयाँ रेकर्ड कायम गरेको हो ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०२५/२६ मा ईकोको कुल बिक्रीमध्ये ५ प्रतिशत हिस्सा ग्रामीण बजारको रहेको छ । यस गाडीका ५५ प्रतिशत ग्राहकहरू पहिलो पटक कार खरिद गर्नेहरू हुन् भने ५१ प्रतिशतभन्दा बढी ग्राहक व्यवसाय सञ्चालकहरू रहेका छन् ।
कम्पनीले ईकोलाई ५ र ६ सिटर प्यासेन्जर भेरियन्ट, टुर भी, एम्बुलेन्स तथा कार्गो गरी कुल १३ वटा विभिन्न भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । यो गाडी पेट्रोल र सीएनजी दुवै इन्जिन विकल्पमा उपलब्ध छ ।
सुजुकी ईकोमा १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन राखिएको छ भने सुरक्षाका लागि ड्राइभर–साइड एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर र हाई–स्पीड अलर्ट सिस्टम जस्ता फिचरहरु उपलब्ध गराइएका छन् ।
ईको नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको मिनी भ्यान हो । नेपालमा यो निजी प्रयोगका लागि भन्दा पनि स्कुल र अफिस तथा व्यवसायिक प्रयोजनमा बढी प्रयोग हुँदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...