कारमा ट्रिपल स्क्रिन : देखावटी धेरै, काम कम

काठमाडौं–अटोमोबाइल कम्पनीहरू गाडीको क्याबिनलाई प्रविधिमय बनाउन ठूला र धेरै स्क्रिनहरू जडान गर्न व्यस्त छन्, तर ग्राहकहरू भने यसबाट खासै सन्तुष्ट देखिएका छैनन् ।

हालै सार्वजनिक भएको ‘जेडी पावर २०२६ युएस टेक एक्सपिरियन्स इन्डेक्स’ (टीएक्सआई) अध्ययनले गाडीमा थपिएका धेरै स्क्रिन र जटिल प्रविधिको तुलनामा सरल प्रविधिले चालकहरूलाई बढी सन्तुष्टि दिएको देखाएको छ ।

अध्ययन अनुसार आधुनिक प्रिमियम गाडीहरूमा उपलब्ध गराइने ‘प्यासेन्जर डिस्प्ले’ (अगाडिको यात्रुको लागि छुट्टै स्क्रिन) सबैभन्दा बढी समस्या आउने फिचरहरूमध्ये एक बनेको छ ।

तथ्याङ्क अनुसार गाडीधनीहरूमध्ये मात्र ६ प्रतिशतले हरेक यात्रामा यो स्क्रिन प्रयोग गर्छन् भने ३५ प्रतिशतले त आजसम्म यो स्क्रिन प्रयोग नै गरेका छैनन् । यस प्रविधिमा प्रति १०० गाडीमा २१.३ वटा समस्याहरू दर्ता भएका छन्, जसले इन्फोटेनमेन्ट प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

यसको विपरीत, गाडी चलाउँदा खासै ध्यान दिनु नपर्ने साधारण प्रविधिहरूलाई ग्राहकहरूले उच्च अंक दिएका छन् । ‘स्मार्ट इग्निसन’ ले सबैभन्दा उच्च सन्तुष्टि दर हासिल गर्दै प्रति १०० गाडीमा मात्र २.४ वटा समस्या दर्ता गराएको छ । त्यस्तै स्मार्ट क्लाइमेट कन्ट्रोल र अटोमेटिक ड्राइभर सेपिङ सिस्टम जस्ता फिचरहरूलाई पनि ग्राहकहरूले निकै रुचाएका छन् ।

शोरूममा गाडी बेच्नका लागि तीनवटा स्क्रिन भएका ड्यासबोर्डहरूले आकर्षक देखाउन मद्दत गरे पनि, दैनिक प्रयोग र दीर्घकालीन उपयोगिताका हिसाबले कम्पनीहरूले अब स्क्रिनको संख्याभन्दा त्यसको उपयोगिता र विश्वसनीयतामा ध्यान दिनुपर्ने निष्कर्ष अध्ययनले निकालेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...