स्टड्सले ल्यायो टम एण्ड जेरीको आकर्षक बाल हेल्मेट
भारतमा सडक दुर्घटनामा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै हेल्मेट...
काठमाडौं - भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ को एक स्टलमा नेपालीपन झल्किने हेल्मेट समेत उपलब्ध छन् । नाडाले नेपालमा उत्पादन हुने विभिन्न उत्पादनका लागि मेड इन नेपाल, मेड फर नेपाल प्याभिलियनमा यस्ता नेपालीपन झल्किने अन्य उत्पादन समेत उपलब्ध छन् ।
रुपन्देहीको तिलोत्तमा अवस्थित कोहिनुर प्लाष्टिक इन्डष्ट्रिजले उत्पादन गर्ने केपीआई ब्रान्डको हेल्मेटको स्टल अन्य स्टल भन्दा फरक छ । यसमा नेपालमै बनेका केपीआई ब्रान्डका हेल्मेटका साथै लेगगार्ड समेत राखिएका छन् । लेगगार्ड चाहि कोहिनुर मेटल उद्योगले उत्पादन गर्दै आएको छ ।
नेपालमै उत्पादन हुने हेल्मेट भएकाले यसमा नेपालीपन पनि झल्किएको छ । अन्य मोडलका हेल्मेट भन्दा केएच६ र केएच७ सिरिजका हेल्मेट विशेष रुपमा नेपालीपन झल्किने गरी डिजाइन गरिएको छ । यसको पनि हेरिटेज एडिसन र मुस्ताङ एडिसन विशेष रुपमा नेपालीपन झल्किने गरी फरक रुपमा प्रस्तुत गरिएको छ ।
हेरिटेज एडिसनमा धरहरा, पशुपतिनाथ, स्वयम्भूनाथ लगायतका सम्पदाका तस्बिर राखिएका छन् । यसमा पाटेबाघ, जानकी मन्दिर, लालीगुराँश, कर्णाली पुल आदिको तस्बिर समेत छ ।
त्यसैगरी अर्को मुस्ताङ एडिसनको हेल्मेटमा मुस्ताङको दृश्य देखिने गरी आकर्षक रुपमा प्रस्तुत गरिएको छ । यी सबै हेलमेटमा नेपाली भएकोमा गर्व हुने गरी प्राउड्ली नेपाली समेत लेखिएको छ ।
नेपालमा बनेको भए पनि यी हेल्मेट गुणस्तरीय छन् । गुणस्तरका लागि हेल्मेट आईएसओ, आईएसआई र डीओटी सर्टिफाइड छन् ।
केपीआई ब्रान्डमा हाफ हेल्मेट, फुल हेल्मेट र डर्ट हेल्मेट उपलब्ध छन् ।
नाडा अटो शो २०२६ को अवसरमा यी हेल्मेटका विशेष छुट अफर समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...