बेलायतका ४९ प्रतिशत ग्राहक चिनियाँ गाडी किन्न तयार

काठमाडौं–बेलायतका आधाजसो ग्राहक आफ्नो नयाँ सवारी साधनका रूपमा चिनियाँ ब्रान्डका गाडी किन्न तयार देखिएका छन् ।

कारवाउको सर्वेक्षणले ४९ प्रतिशत बेलायती चालकहरुले चिनियाँ गाडी खरिदबारे विचार गर्ने देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । तीन वर्षअघि मात्र २४ प्रतिशतमा सीमित रहेको यो तथ्यांक अहिले दोब्बरभन्दा बढी पुगेको छ ।

उपभोक्ताहरुको यो बदलिँदो धारणा कारवाउको प्लेटफर्ममा प्रयोगकर्ताहरुको सक्रियतामा पनि स्पष्ट देखिन्छ ।

सन् २०२६ को पहिलो सात महिनामा चिनियाँ मोडलहरुका लागि आएका सोधपुछ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११९ प्रतिशतले बढेका छन् ।

बेलायती ग्राहकहरुले चिनियाँ गाडीप्रति चासो देखाउनुको मुख्य कारण पैसाको सही सदुपयोग र प्रतिस्पर्धात्मक छुटको अपेक्षा रहेको बताएका छन् ।

यसका साथै बेलायती बजारमा बीवाईडी, चेरी, ओमोडा, जेइको र एक्सपेङ जस्ता चिनियाँ ब्रान्डहरुको उपस्थिति बढेसँगै मानिसहरुमा यी ब्रान्डहरुबारे जनचेतना पनि तीव्र रुपमा बढेको छ ।

युरोपेली युनियनले चीनमा बनेका विद्युतीय गाडीहरुमा थप भन्सार शुल्क लगाएको भए तापनि बेलायतले भने हालसम्म त्यस्तो कुनै शुल्क लागू गरेको छैन ।

चिनियाँ अटो निर्माताहरुले पुरानै स्थापित युरोपेली तथा एसियाली ब्रान्डहरुको तुलनामा निकै तीव्र गतिमा ग्राहकको विश्वास जितिरहेको विश्लेषकहरुको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...