नाडा अटो शोमा बीवाईडीको आकर्षण : एट्टो२ सुपेरियर, सिलायन७ र शार्क६

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जारी नाडा अटो शो २०२६ मा आफ्नो न्यु इनर्जी भेइकल पोर्टफोलियो विस्तार गर्दै नयाँ बीवाईडी एट्टो२ सुपेरियर र अपग्रेडेड सिलायन७ सार्वजनिक गर्नुका साथै बहुप्रतीक्षित बीवाईडी शार्क६ प्रदर्शनीमा राखेको छ । अवलोकनकर्ताहरूले यी नयाँ सवारीसाधनहरूको अनुभव भृकुटीमण्डपस्थित हल ४ को स्टल नम्बर जी१६ मा लिन सक्नेछन् ।

नयाँ बीवाईडी एट्टो२ सुपेरियरलाई एट्टो२ रेन्जको टप भेरियन्टका रूपमा ल्याइएको छ । यसअघि एसेन्सियल र प्रिमियम भेरियन्टमा उपलब्ध यो गाडी अब सुपेरियर थपिएसँगै तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसमा इलेक्ट्रिक सनशेड, रुफ -याक सहितको पानोरामिक ग्लासरूफका साथै एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) अन्तर्गत रियर कोलिजन वार्निङ, रियर क्रस ट्राफिक अलर्ट÷ब्रेक, ब्लाइन्ड स्पट डिटेक्सन र डोर ओपन वार्निङ जस्ता सुरक्षा फिचर समावेश छन्। नाडा अटो शोका लागि यसको प्रारम्भिक मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले अपग्रेडेड बीवाईडी सिलायन७ मा शक्तिशाली पर्फमेन्स सुधार गरेको छ । यसमा यसअघिको १०० किलोवाट रियर मोटरको सट्टा १७० किलोवाट क्षमताको रियर मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमी/घण्टाको गति मात्र ७.३ सेकेन्डमै समात्न सक्छ । साथै, यसको फ्रन्ट ब्रेकमा फिक्स्ड क्यालिपरको साटो फ्लोटिङ क्यालिपर सेटअप प्रयोग गरिएको छ । नाडा अटो शोका लागि यसको विशेष मूल्य ९२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, प्रदर्शनीमा राखिएको बीवाईडी शार्क६ कम्पनीको डीएमओ सुपर हाइब्रिड अफरोड प्लेटफर्ममा आधारित लक्जरी पिकअप हो । १.५ टी हाई पावर इन्जिन, ईएचएस हाइब्रिड सिस्टम र अल–ह्विल ड्राइभको संयोजन रहेको यस गाडीले ४३० हर्सपावरभन्दा बढी पावर उत्पादन गर्छ र ५.७ सेकेन्डमै ० देखि १०० किमी÷घण्टाको गति लिन सक्छ । २९.५८ किलोवाट आवर ब्लेड ब्याट्री रहेको यस पिकअपले ‘प्योर इलेक्ट्रिक’ मोडमा ९० किमी र कम्बाइन्ड मोडमा ७०० किमीसम्मको कुल ड्राइभिङ रेन्ज प्रदान गर्छ । यस गाडीको भने मूल्य सार्वजनिक गरिएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...