विद्युतीय गाडी चालकलाई राहत, ब्याट्री मर्मत खर्च १० गुणासम्म घट्ने सीएटीएलको दाबी
काठमाडौँ —विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलले...
काठमाडौं–नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले मकालु पेट्रोल पम्पमा सञ्चालन गरेको चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।
गत साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी पेट्रोल तथा डिजेल सवारीसाधनका ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा प्राविधिकहरूले सवारीसाधनका ब्याट्रीको स्वास्थ्य तथा समग्र कार्यक्षमता जाँच गरी सवारीधनीहरूलाई आवश्यक सल्लाह र परामर्श प्रदान गरेका थिए ।
स्वदेशमै उत्पादित एसटीसी. राइड तथा एसटीसी. इनर्जी ब्रान्डका ब्याट्रीहरूको प्रवद्र्धन गर्ने र उपभोक्तालाई प्रत्यक्ष सेवा पु¥याउने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सवारीधनीहरूको उत्साहजनक सहभागिता रहनुका साथै अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
अभियानबाट प्राप्त प्रभावकारी सहभागिता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै कम्पनीले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्तै ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
आफ्ना गुणस्तरीय उत्पादन र सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो र प्रभावकारी समाधान प्रदान गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...