यो वर्ष कति तिर्नुपर्छ सवारी साधनको कर ? सरकारले सार्वजनिक ग-यो दर
काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि लागु हुने करको दर...
काठमाडौं– प्रोटोनको विद्युतीय कार ईमास५ को मूल्य समायोजन गरिएको छ । कम्पनीले सुरुवाती १०० जना ग्राहकका लागि तोकिएको अफर मूल्य समाप्त भएसँगै दुवै भेरिएन्टको नयाँ मूल्य लागू गरेको हो ।
नयाँ समायोजन अनुसार प्राइम भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरिएन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि विशेष छुट सुविधा अन्तर्गत पहिलो १०० जना ग्राहकका लागि यी दुई भेरिएन्टको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ उपाधि जित्न सफल यो कार प्रोटोन र विश्वप्रसिद्ध जिलीको रणनीतिक सहकार्यमा निर्माण भएको हो । सहरी जीवनशैली र दैनिक आवतजावतलाई सहज बनाउन डिजाइन गरिएको ईमास५ आफ्नो सेगमेन्टमा नेपालकै पहिलो ’रियर–ह्विल–ड्राइभ’ प्रणाली भएको इलेक्ट्रिक ह्याचब्याक कार हो ।
प्रोटोनले ईमास५ को प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री र ५८ किलोवाटको मोटर उपलब्ध गराएको छ, जसले एकपटकको फुलचार्जमा २२५ किलोमिटरको रेन्ज दिन्छ । त्यस्तै प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री र ८५ किलोवाटको मोटर जडान गरिएको छ, जसले ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
गाडीको इन्टेरियरमा १४.६ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्रीजस्ता आधुनिक फिचरहरू उपलब्ध छन्। सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास प्रविधि र ३६० डिग्री क्यामेरा राखिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...