याडियाका तीन नयाँ स्कुटर नेपाली बजारमा, नाइमा शोमा १० हजार छुट
काठमाडौं– याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ...
काठमाडौं – एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्रान्डका उत्पादनहरूको आयातकर्ता तथा विक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि जेनएक्सटी मोटर्स नामबाट नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ। कम्पनीले नेपाली सडकका लागि उपयुक्त स्मार्ट विद्युतीय सवारी ‘भिअटो होनरी बोमा ईभी’सार्वजनिक गरेको जनाएको छ।
आगामी साउन २६ देखि प्रारम्भ हुने नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्सपोमा विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने सो गाडी आधुनिक, स्मार्ट तथा शहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको हो। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, सहज सञ्चालन र वातावरणमैत्री विशेषतासहितको यो गाडी सहरभित्रको दैनिक यात्राका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास रहेको बताइएको छ।
२९.९ किलोवाट आवर क्षमताको ब्याट्री र ३५ किलोवाटको मोटर भएको यस गाडीले फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। साधारण प्लगबाट यसलाई ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ। ५ ढोका र ५ सिट क्षमता भएको यो गाडी फराकिलो तथा आरामदायी इन्टेरियरका साथै कम्प्याक्ट, आकर्षक डिजाइनमा उपलब्ध छ। साँघुरा सडकमा समेत सजिलै चलाउन र पार्किङ गर्न मिल्ने भएकाले यो गाडी दैनिक कार्यालय आवतजावत, पारिवारिक प्रयोग तथा व्यक्तिगत यात्राका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
यस इलेक्ट्रिक कारले कम सञ्चालन खर्च, सहज मर्मत सम्भार र शून्य प्रत्यक्ष उत्सर्जनमार्फत दिगो तथा वातावरणमैत्री भविष्य निर्माणमा योगदान पुर्याउने कम्पनीको विश्वास रहेको छ।
नेपालमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने प्रतिबद्धताअनुसार जेनएक्सटी मोटर्सले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता तथा दक्ष प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ।
‘भिअटो होनरी बोमा ईभी’ को प्रारम्भिक मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ, जसले आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजन नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका सञ्चालक रक्षित भिमसरिया भन्छन्, ‘भिअटो होनरी बोमा ईभी नेपाली उपभोक्ताको स्मार्ट, सुरक्षित, किफायती र वातावरणमैत्री यात्राको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। नाइमा नेपाल मोबिलिटी एक्सपो मार्फत यसलाई पहिलोपटक नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं।’
आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोमा उपस्थित भएर यसको अवलोकन गर्न र थप जानकारी लिन समेत कम्पनीले अनुरोध गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...