५ वर्ष इन्जिन वारेन्टीसहित सीएफमोटो २५० डुअल ईएफआईमा नाइमा स्पेसल अफर

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल ईएफआईमा ‘नाइमा स्पेसल अफर’ सार्वजनिक गरेको छ ।

२१ श्रावण २०८३ देखि लागू भएको यस विशेष योजनाअन्तर्गत ग्राहकले ५ वर्ष (२+३ वर्ष) वा ६० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) सम्मको इन्जिन वारेन्टी प्राप्त गर्नेछन्, जसलाई नेपाली दुईपाङ्ग्रे बजारमा सीएफमोटो नेपालको एउटा महत्वपूर्ण ग्राहक–केन्द्रित पहलका रूपमा लिइएको छ ।

वारेन्टी योजनाका साथै कम्पनीले यस मोटरसाइकलको नयाँ अधिकतम खुद्रा मूल्य ५ लाख ७४ हजार ९०० कायम गरेको छ । उत्कृष्ट एड्भेन्चर मोटरसाइकललाई अझ प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ ल्याइएको यो अफर नेपालभर रहेका सबै आधिकारिक सीएफमोटो शोरुमहरूमा उपलब्ध गराइएको कम्पनी भनाई छ ।

ग्राहकहरूको खरिद प्रक्रियालाई थप सरल र सहज बनाउन ऋषि ट्रेड सेन्टरले सहज मासिक किस्ताबन्दी सुविधाका साथै पुरानो मोटरसाइकल साटेर नयाँ खरिद गर्न चाहनेहरूका लागि आकर्षक एक्सचेन्ज योजनासमेत ल्याएको छ । सीएफमोटो २५० डुअल ईएफआई दैनिक आवागमन, लामो दूरीको यात्रा तथा अफ–रोड साहसिक राइडिङका लागि उपयुक्त हुने गरी निर्माण गरिएको छ ।

यसमा २४९ सीसी लिक्विड–कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी ईएफआई इन्जिन रहेको छ, जसले २४.२ बीएचपीको अधिकतम पावर र २२.५ एनम टर्क जेनेरेट गर्दछ । ६ स्पीड ट्रान्समिसन, १५४ केजी कर्ब तौल, २४५ मिमीको ग्राउण्ड क्लेरेन्स, डुअल–च्यानल एबीएस, पूर्ण एलईडी लाइटिङ प्रणाली र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता आधुनिक सुविधाहरूले यस मोटरसाइकललाई थप उत्कृष्ट र आरामदायी बनाएको छ ।

सीएफमोटो ब्रान्डमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय उत्पादन, भरपर्दो स्पेयर पाट्र्स र उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीले ग्राहकको विश्वास र सन्तुष्टिलाई थप बलियो बनाउने विश्वास लिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...