फोरह्विल ड्राइभ र अलह्विल ड्राइभमध्ये कुन उपयुक्त? यात्राका लागि सही सिस्टम कसरी छनोट गर्ने

सवारी साधन चलाउँदा पहाडी, हिलोयुक्त वा उबडखाबड बाटोमा सुरक्षित यात्रा गर्न राम्रो पकड र पर्याप्त पावर आवश्यक पर्छ। यही आवश्यकता पूरा गर्न गाडीमा अलह्विल ड्राइभ र फोरह्विल ड्राइभ सिस्टम प्रयोग गरिन्छ। दुवै सिस्टमले इन्जिनको शक्ति चारवटै ह्विलमा पुर्‍याउने काम गरे पनि तिनको सञ्चालन विधि, उपयोगिता र उद्देश्य भने फरक–फरक हुन्छ।

अलह्विल ड्राइभ सिस्टम पूर्ण रूपमा अटोमेटिक हुन्छ। यसमा चालकले कुनै बटन थिच्न वा छुट्टै सिस्टम सक्रिय गर्नुपर्दैन। गाडीमा रहेका विभिन्न सेन्सरले सडकको अवस्था निरन्तर विश्लेषण गरी कुन ह्विललाई कति पावर आवश्यक छ भन्ने निर्धारण गर्छ । यदि भिजेको सडक, चिप्लो सतह वा हल्का हिउँका कारण कुनै ह्विलको पकड कमजोर भयो भने सिस्टमले तत्काल राम्रो पकड भएको ह्विलमा बढी शक्ति पठाउँछ। यसले गाडीको सन्तुलन कायम राख्न मद्दत गर्नुका साथै वर्षायाम, राजमार्ग र पहाडी सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्छ।

फोरह्विल ड्राइभ सिस्टम विशेषगरी कठिन अफराेड यात्राका लागि विकास गरिएको प्रविधि हो। सो सिस्टम आवश्यक पर्दा चालक आफैले बटन वा लिभरमार्फत सक्रिय गर्नुपर्छ। यसमा सिस्टम सक्रिय भएपछि इन्जिनको पावर अगाडि र पछाडि दुवै एक्सलमा समान रूपमा वितरण हुन्छ। यसमा कम रेन्ज गियरको सुविधा पनि उपलब्ध हुन्छ, जसले गाडीलाई बढी टर्क प्रदान गर्छ। यही कारणले गहिरो हिलो, बालुवा, ठुला ढुङ्गा, नदीको सतह र अत्यन्त भिरालो तथा चट्टानी बाटोमा समेत गाडीलाई सहज रूपमा अघि बढ्न मद्दत पुग्छ।

कालोपत्रे सडक, सामान्य कच्ची सडक र पहाडी राजमार्गका लागि अलह्विल ड्राइभ सिस्टम भएको गाडी उपयुक्त विकल्प मानिन्छ। यसले घुमाउरा सडक, वर्षा र चिप्लो सतहमा पनि गाडीको सन्तुलन कायम राख्दै सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ। तर, नियमित रूपमा दुर्गम क्षेत्र, दलदल, गहिरो हिलो, नदी तर्ने मार्ग वा अत्यन्त कठिन अफरोड यात्राका लागि भने फोरह्विल ड्राइभ सिस्टम भएको गाडी उपयुक्त विकल्प हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...