अष्ट्रेलियाली सडकमा चिनियाँ गाडीको दबदबा, टोयोटालाई कडा टक्कर दिँदै बीवाईडी
काठमाडौं–अष्ट्रेलियाको अटोमोबाइल बजारमा चिनियाँ गाडीहरूको उपस्थिति...
काठमाडौं–बीवाईडीले उत्पादन र आपूर्ति शृङ्खलाको दबाबलाई पछाडि पार्दै जुलाई महिनामा चालु वर्षकै सबैभन्दा उत्कृष्ट बिक्री दर्ता गरेको छ । घरेलु बजारमा केही सुस्तता देखिए पनि अन्तर्राष्ट्रिय बजारमा भएको तीव्र विस्तारले कम्पनीलाई नयाँ उचाइमा पु-याएको हो ।
बीवाईडीले जुलाई महिनामा कुल ४ लाख १९ हजार २११ युनिट न्यू इनर्जी भेइकल(एनईभी) बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २१ दशमलव ७६ प्रतिशत र जुन महिनाको तुलनामा ३ दशमलव ९ प्रतिशतले बढी हो ।
यो वृद्धिको मुख्य श्रेय अन्तर्राष्ट्रिय व्यापारलाई जाने कम्पनीले जनाएको छ । जुलाई महिनामा बीवाईडीका १ लाख ७९ हजार ८४१ युनिट प्यासेनजर कार तथा पिकअप गाडी चीनबाहिर निर्यात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १२४ दशमलव ३ प्रतिशतले बढि हो ।
अर्कोतर्फ, चीनभित्रको घरेलु बजारमा भने बिक्री करिब २ लाख ३९ हजार ३७० युनिटमा सीमित रहँदै वार्षिक रूपमा ९ प्रतिशतको गिरावट आएको छ । यद्यपि पछिल्ला महिनाहरूमा यो गिरावट दर घट्दै गइरहेको कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...