एथर रिज्टा एस इलेक्ट्रिक स्कुटरको मूल्यमा २० हजार रुपैयाँ वृद्धि, अब कति ?
काठमाडौं – एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य...
काठमाडौं–एथर इनर्जीले आफ्ना ४५० एक्स, ४५० एपेक्स र रिज्टा जेट मोडलहरूमा सडकका खाल्डाखुल्डीबारे पूर्वसूचना दिने ‘पोटहोल प्लस अलर्ट्स’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।
यो प्रविधिले सडकमा रहेका खाल्डा, भत्किएका खण्ड, असमतल बाटो र खराब ढंगले बनाइएका स्पीड ब्रेकरहरूको पहिचान गरी चालकलाई अगाडि नै सचेत गराउनेछ । पहिलो पटक एथर कम्युनिटी डे २०२५ मा प्रदर्शन गरिएको यो फिचरलाई पूर्ण रूपमा तयार पार्न करिब ९ वर्षको निरन्तर अनुसन्धान र विकास लागेको कम्पनीको भनाई छ ।
यो प्रणालीले कनेक्टेड स्कुटरहरूबाट संकलित तथ्यांकको प्रयोग गरेर खराब सडकको अवस्था विश्लेषण गर्दछ । सडकमा अगाडि खाल्डो वा अप्ठ्यारो भाग आउनुअघि स्कुटरको डिजिटल कन्सोलमा दृश्य सूचना देखिनुका साथै अनबोर्ड स्पिकर, एथर हेलो स्मार्ट हेल्मेट वा ब्लुटुथ हेडसेटमार्फत आवाजद्वारा चेतावनी दिइन्छ ।
कम्पनीले यही तथ्यांकको मद्दतले आफ्नो नेभिगेसन प्रणालीलाई अझ परिष्कृत बनाउने योजना पनि बनाएको छ, जसले चालकलाई सकेसम्म भत्किएका बाटोहरू छलेर सहज र सुरक्षित सडकको विकल्प देखाउनेछ । यो नयाँ सुविधा आगामी केही साताभित्र जेन २ र सोभन्दा पछिल्ला संस्करणका स्कुटरहरूमा उपलब्ध हुने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...