नाडा अटो शोमा अप्रिलिया र भेस्पाका नयाँ मोडल, २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ
काठमाडौं – नेपालमाअप्रिलिया र भेस्पाका आधिकारिक वितरक डेल्टा अटोकर्प...
काठमाडौँ–इटालीको प्रसिद्ध सवारी साधन निर्माता कम्पनी पियाजियोले भारतीय बजारलाई लक्षित गर्दै नयाँ कम्युटर (दैनिक आवतजावतमा प्रयोग हुने) स्कुटर सिरिज विकास गरिरहेको छ ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राफीका अनुसार यो नयाँ सिरिज सन् २०२७ को अर्धवार्षिक भित्र बजारमा सार्वजनिक गरिनेछ ।
हाल पियाजियोले १.२ लाख भारतीय रुपैयाँभन्दा बढी मूल्य पर्ने प्रिमियम भेस्पा स्कुटरहरू बिक्री गर्दै आएको छ । नयाँ सिरिजले बजारमा व्यापक पकड बनाएका होन्डा एक्टिभा, टिभिएस जुपिटर र सुजुकी एक्सेसजस्ता बजेट–फ्रेन्डली स्कुटरहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
विगतमा कम मूल्यका सवारी साधनहरूसँगको प्रतिस्पर्धामा पछि परेको स्वीकार गर्दै ग्राफीले यसपटक बजारको माग अनुसार प्रतिस्पर्धात्मक क्षमताका साथ आउने बताएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...