मर्सिडिज इन्जिन र प्रिमियम सुविधासहित फोर्स मोटर्सले सार्वजनिक ग-यो नयाँ ‘अर्बानिया डिलक्स’

भारतको सबैभन्दा ठूलो भ्यान निर्माता कम्पनी फोर्स मोटर्सले आफ्नो प्रिमियम सेयरिङ मोबिलिटी प्लेटफर्मअन्तर्गत नयाँ अर्बानिया डिलक्स सार्वजनिक गरेको छ। नयाँ मोडलले हाल बिक्रीमा रहेको अर्बानियालाई प्रतिस्थापन गर्दै अब कम्पनीको प्रिमियम सेयरिङ मोबिलिटी सेग्मेन्टको मुख्य उत्पादन बन्नेछ।

कम्पनीका अनुसार नयाँ अर्बानिया डिलक्सलाई थप परिष्कृत र अझै आरामदायी बनाइएको छ । यसमा पहिले भन्दा अझै शक्तिशाली इन्जिन, प्रिमियम इन्टेरियर, आधुनिक प्रविधि तथा उन्नत सुरक्षा सुविधाहरू समावेश गरिएको छ।

फोर्स मोटर्सले अर्बानियालाई भारतकै पहिलो पूर्ण रूपमा नयाँ मोडुलर मोनोकोक भ्यान प्लेटफर्मका रूपमा विकास गरेको थियो। यसले भारतमा प्रिमियम यात्रुवाहक भ्यानको नयाँ वर्ग स्थापना गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत उल्लेखनीय उपस्थिति बनाएको कम्पनीको दाबी छ।

नयाँ अर्बानिया डिलक्समा मर्सिडिज–बेन्जको प्रविधिमा आधारित २.६ लिटर, चार सिलिन्डर टर्बो डिजेल इन्जिन प्रयोग गरिएको छ। यस इन्जिनले १३४ एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्छ। यसले गाडीको पिकअप, ड्राइभिङ क्षमता र समग्र कार्यसम्पादनमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ।

भित्री भागलाई पनि पूर्ण रूपमा नयाँ स्वरूप दिइएको छ। यसमा लेदरेट सिट, मिल्दो रङको अपहोल्स्ट्री तथा उडन फ्लोरिङ प्रयोग गरिएको छ, जसले यात्रुलाई अझ आरामदायी र आकर्षक यात्रा अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

सुरक्षाका हिसाबले नयाँ अर्बानिया डिलक्समा प्रत्येक यात्रुका लागि कारमा जस्तै थ्री–पोइन्ट सिट बेल्ट उपलब्ध गराइएको छ। साथै चालक र सहचालकका लागि एयरब्याग, अल–ह्विल डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन (ईबीएफ) तथा इन्जिन ड्र्याग टर्क कन्ट्रोल (ईडीटीसी) जस्ता आधुनिक सुरक्षा प्रविधि समावेश गरिएको छ।

ड्राइभिङ अनुभवलाई थप सहज बनाउन यसमा टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र ९ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। यसमा स्मार्टफोन कनेक्टिभिटी, अनलाइन तथा अफलाइन नेभिगेसन, एचडी रिभर्स क्यामेरा, भ्वाइस अलर्ट र ह्यान्ड्स–फ्री ब्लुटुथ कलिङ सुविधा उपलब्ध छ।

नयाँ १६ इन्चका अलोय ह्विलले गाडीलाई अझ आकर्षक बनाएका छन् भने पावरबाट सञ्चालन हुने स्लाइडिङ फुटस्टेपले यात्रु चढ्न–ओर्लन सहज बनाएको छ। साथै सबै सिट पङ्क्तिमा यूएसबी टाइप–ए र टाइप–सी चार्जिङ पोर्ट, ८ स्पिकरयुक्त डिजिटल थिएटर सिस्टम लगायतका सुविधा पनि दिइएको छ।

नयाँ अर्बानिया डिलक्स भारतभर फोर्स मोटर्सका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको प्रारम्भिक एक्स–शोरुम मूल्य २८ लाख ७० हजार भारु निर्धारण गरिएको कम्पनीले जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...