के ब्याट्री एज ए सर्भिस मोडल अन्तर्गत गाडी खरिद गर्नु फाइदाजनक छ?
इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरुले अहिले ब्याट्री एज ए सर्भिस...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। कम सञ्चालन खर्च र न्यून मर्मतसम्भारका कारण ईभीको लोकप्रियता बढ्दै गएको छ। तर, सार्वजनिक चार्जिङ स्टेसनमा उपलब्ध फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री चाँडै बिग्रन्छ कि भन्ने डर अझै पनि रहेको छ। रिपोर्टका अनुसार सार्वजनिक चार्जिङ स्टेसनमा उपलब्ध फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीमा कुनै नकारात्मक प्रभाव पार्दैन ।
फास्ट चार्जरले इलेक्ट्रिक कारको ब्याट्रीलाई करिब १५ देखि ४५ मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। आधुनिक ईभीमा रहेको स्मार्ट चार्जिङ सिस्टमले ब्याट्रीको तापक्रम र आवश्यकताअनुसार विद्युत् आपूर्ति कन्ट्रोल गर्छ। ब्याट्री ८० प्रतिशत पुगेपछि चार्जिङ गति स्वतः घटाइन्छ, जसले ब्याट्रीलाई अनावश्यक ताप र क्षतिबाट जोगाउन मद्दत गर्छ।
फास्ट चार्जिङले ब्याट्रीको आयु घटाउँछ भन्ने पनि अनुसन्धानले अस्वीकार गरेको छ। रिपोर्टका अनुसार अमेरिकी राष्ट्रिय प्रयोगशालाले सन् २०१२ मोडलका दुई वटा निसान लिफ इलेक्ट्रिक कारमा परीक्षण गरेको थियो। एउटा कारलाई सधैं सामान्य चार्जरबाट र अर्को कारलाई सधैं फास्ट चार्जरबाट चार्ज गरिएको थियो। करिब ८० हजार किलोमिटर सञ्चालनपछि सामान्य चार्जिङ प्रयोग गरिएको कारको ब्याट्री क्षमता २३ प्रतिशतले घटेको थियो भने फास्ट चार्जिङ प्रयोग गरिएको कारको क्षमता २७ प्रतिशतले घटेको पाइयो। अर्थात् दुवैबीच केवल ४ प्रतिशतको मात्र अन्तर देखियो।
रिकरेन्ट नामक संस्थाले १२ हजार ५०० भन्दा बढी नयाँ टेस्ला इलेक्ट्रिक कारमा गरेको अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको छ। अध्ययनअनुसार आफ्नो अधिकांश समय फास्ट चार्जर प्रयोग गर्ने र निकै कम मात्र प्रयोग गर्ने सवारीबीच ब्याट्रीको आयुमा उल्लेखनीय भिन्नता देखिएन। आधुनिक इलेक्ट्रिक कारमा ब्याट्री कुलिङ सिस्टम र स्मार्ट चार्जिङ सफ्टवेयर प्रयोग हुने भएकाले फास्ट चार्जिङबाट खासै असर हुँदैन ।
यद्यपि, अत्यधिक गर्मीको मौसममा बारम्बार फास्ट चार्जिङ गर्दा ब्याट्रीमा केही अतिरिक्त दबाब पर्न सक्ने भएकाले यस्तो अवस्थामा सावधानी अपनाउनु उपयुक्त हुन्छ। साथै, फास्ट चार्जिङका क्रममा ८० प्रतिशतपछि चार्जिङ गति घट्ने भएकाले समय र खर्च दुवै बचत गर्न ८० प्रतिशतसम्म चार्ज गरेर यात्रा अघि बढाउनु राम्रो मानिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...