हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै, सन् २०२७ सम्म लन्च हुने सम्भावना
हुन्डाईले विकास गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पछिल्ला केही...
काठमाडौं–ग्रेट वाल मोटर (जीडब्लूएम) को चर्चित ब्रान्ड ओराले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर ओरा ५ का दुई नयाँ भेरियन्ट सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ओरा ५ को नयाँ स्पोर्ट र जीटी भेरियन्टको आधिकारिक टिजर सार्वजनिक गरेको छ ।
यस इलेक्ट्रिक क्रसओभरको स्पोर्ट भेरियन्टको बाहिरी बनावटमा ठूलो परिवर्तन नगरिए पनि यसलाई थप आकर्षक र प्रिमियम बनाउन टु–टोन पेन्ट, ठूला र स्टाइलिश एलोय ह्विल्सका साथमा रातो रङको ब्रेक क्यालिपर तथा एडभान्स सेन्सिङका लागि लिडार युनिट जडान गरिएको देखिन्छ ।
त्यसैगरी, जीटी भेरियन्टलाई भने थप आक्रामक र स्पोर्टी देखाउन विशेष एरोडाइनामिक बडी किट प्रयोग गरिएको छ ।
यस भेरियन्टको अगाडि फ्रन्ट स्प्लिटर, पछाडि रियर स्पोइलर र साइडमा आकर्षक स्कर्टहरु दिइएका छन् । साथै, ह्विल, हेडलाइट, ब्रेक र एरो पाट्र्समा दिइएको रातो रङले गाडीलाई थप स्पोर्टी लुक्स दिएको छ ।
जीडब्लूएमका अनुसार यी नयाँ भेरियन्टहरूको डिजाइन र लुक्समा परिवर्तन गरिए पनि प्राविधिक तथा हार्डवेयरमा भने खासै फेरबदल गरिएको छैन ।
नेपाली बजारमा हालैमात्र भित्रिएको ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसको सुरुवाती मूल्य ४७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
चिनियाँ बजारमा भने यो ४५.३ किलोवाट आवर ब्याट्री विकल्पमा समेत उपलब्ध छ र दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...