ई.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ शोरुम तथा सर्भिस सेन्टर विस्तार
काठमाडौँ–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौं–दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्ज पोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपाललाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधारतर्फ अग्रसर गराउने अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
यस साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी बनाइनेछ । साथै, उच्च विद्युत् माग हुने समयमा पावर ग्रिडको निर्भरता कम गर्दै स्वच्छ ऊर्जाको उपयोग बढाइने लक्ष्य राखिएको दिगो ग्रुपको भनाई छ ।
प्रस्तावित ब्याट्री ऊर्जा स्टोरेज प्रणालीले दिनभर सोलार प्रणालीबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यकताको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ । यस एकीकृत प्रणालीले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने र चार्जिङ सञ्चालनमा नवीकरणीय ऊर्जाको प्रयोगलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यस सहकार्यबारे दिगोका व्यवसाय प्रमुख नबिन अधिकारीले भने, ‘घाम पावरसँगको यो सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने हाम्रो अभियानको अर्को महत्वपूर्ण उपलब्धि हो । हाम्रो चार्जिङ स्टेशनहरूमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई एकीकृत गरेर हामी विद्युतीय यातायातको भविष्यलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण गरिरहेका छौं ।’
त्यसैगरी, घाम पावरका प्राविधिक निर्देशक प्रदिप हुमागाईंले यस परियोजनामा दिगोसँग सहकार्य गर्न पाउँदा आँफूहरु उत्साहित बनेको बताए । ‘सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता अभिवृद्धि गर्नुका साथै स्वच्छ प्रविधिमार्फत नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौं’ उनले भने ।
यो परियोजना भविष्यमा नेपालभर स्थापना हुने सफा ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रहरूका लागि एउटा नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउनुका साथै विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च घटाउने तथा विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई अविरल चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पु¥याउनेछ ।
दिगोले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानमार्फत नेपालमा विद्युतीय यातायातको विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै, घाम पावर नेपालका अग्रणी ऊर्जा कम्पनीहरूमध्ये एक हो, जसले सोलार ऊर्जा समाधानमार्फत देशभर स्वच्छ ऊर्जा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
दुवै संस्थाले ऊर्जा र विद्युतीय यातायातलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अग्रसर गराउने तथा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...