एम्पियर इलेक्ट्रिक स्कुटर अब सर्लाहीको मलंगवामा पनि, बीएम ईभी हब बन्यो आधिकारिक थ्री–एस सेन्टर
काठमाडौं— भारतको लोकप्रिय तथा अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर...
नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय बनेका केही इलेक्ट्रिक एसयूभी मध्ये नामी ०६ अर्थात भिगो र बीवाईडी एट्टो २ अग्रपंक्तिमा पर्छन् । ४० लाख देखि ५० लाख बिचको मूल्य सेगमेन्टमा यी दुई मोडल लोकप्रिय र एक प्रकारले प्रतिस्पर्धी पनि हुन् । यसकारण धेरैले यो सेगमेन्टमा यी दुई मोडल बिच समानता र फरकको विश्लेषण गर्नुका साथै विशेषताहरुका वारेमा समेत चासो राख्ने गरेको पाइन्छ ।
नेपालमा नामी भिगो एमएडब्ल्यु वृद्धि मोटर्सले र बीवाईडी एट्टो २ साइमेक्स इंकले बिक्री वितरण गरिरहेका छन् । मूल्यका आधारमा हेर्दा नामी भिगो ई२ प्लस भेरिएन्टको मूल्य ४३ लाख ९९ हजार र बीवाईडी एट्टो २ को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ । मूल्यमा केही फरक भए तापनि यी दुई गाडीमा भएका विभिन्न फिचर अनुसार फरक विशेषता रहेका छन् ।
रोचक कुरा के छ भने यी दुवै इलेक्ट्रिक एसयूभी गत वर्ष काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएका थिए । यस पश्चात नै यी दुई सवारी साधनले नेपाली सडकमा बलियो उपस्थिति जनाएका छन् ।
पावरट्रेन र ब्याट्री
दुवै गाडीको पावरट्रेन र ब्याट्रीमा केही समानता रहेको छ । नामी भिगोमा ९९ किलोवाट र बीवाईडी एट्टो २ मा १०० किलोवाटको पर्मनेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ, जसले क्रमशः ३०० र २९० एनएम टर्क जेनेरेट गर्छन् । दुवैमा एलएफपी ब्याट्री रहेको छ । बीवाईडीमा रहेको एलएफपी ब्लेड ब्याट्री विशेष बलियो भनेर कम्पनीले जहिले पनि दावी गर्दै आएको छ ।
नामी भिगोमा रहेको ५१.८७ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३५० किलोमिटरको रेन्ज दिन्छ । यसलाई १६७ किलोवाटको डीसी फास्ट चार्जिङको सहयोगमा १८ मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यो फ्रन्ट ह्विल ड्राइभयुक्त गाडी हो ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । त्यसैगरी बीवाईडी एट्टो २ मा रहेको ५१.१३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको रेन्ज दिन्छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । यसलाई डीसी फास्ट चार्जिङको सहयोगमा करिव २८ मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यो पनि फ्रन्ट ह्विल ड्राइभयुक्त गाडी हो ।

दुवै गाडीमा चार्जिङका लागि सीसीएसटु चार्जिङ पोर्ट प्रयोग गर्न सकिन्छ भने भेइकल टु लोड अर्थात भीटुएल प्रविधि छ । ब्याट्री र मोटरमा नामी भिगोमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटर र बीवाईडी एट्टो २ मा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी रहेको छ ।
साइज र क्षमता
नामी भिगोको लम्बाई ४३०६ एमएम, चौडाई १८६८ एमएम र उचाई १६५४ एमएम छ । यसको ह्विलबेस २७१५ एमएम छ भने ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । यसको बुट स्पेस ५०० लिटर रहेको छ । यसमा १८ इन्चको अलोय ह्विल छ ।
त्यसैगरी बीवाईडी एट्टो २ को लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम छ । यसको ह्विलबेस २६२० एमएम छ भने ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको बुट स्पेस ४०० लिटर रहेको छ । यसमा १७ इन्चको अलोय ह्विल छ ।
इन्फोटेनमेन्ट फिचर
क्याबिनमा हुने इन्फोटेनमेन्ट फिचरका आधारमा हेर्दा दुवै गाडीमा धेरै समानता देखिन्छ । दुवै गाडीमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । बीवाईडी एट्टो २ मा त झन् यो रोटेटिङ खालको छ । नामी भिगोमा ८.८८ इन्च र बीवाईडी एट्टो २ मा ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ । दुवैमा वायरलेस चार्जिङ र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो रहेका छन् । एक्सटेरियर स्पिकर नामी भिगोमा छ भने बीवाईडी एट्टो २ मा छैन ।

कम्फर्ट र कन्भेनियन्स
कन्फर्ट र कन्भेनियन्सका लागि दुवै गाडीमा धेरै महत्वपूर्ण फिचरहरु रहेका छन् । नामी भिगो र बीवाईडी एट्टो २ दुवैमा एलईडी हेडलाइट, डीआरएल्स, किलेस इन्ट्री, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रुफ रेल्स, वान टच विन्डो, हिटेड ओआरभीएम लगायतका फिचर रहेका छन् ।
नामी भिगोमा लेदरेट तथा बीवाईडी एट्टो २ मा भेगन लेदर सिट रहेका छन् । नामी भिगोमा एम्बियन्ट लाइटिङ र मल्टी फङसन स्टेयरिङ मोड रहेको छ भने बीवाईडी एट्टो २ मा यी दुई फिचर छैनन् । त्यसैगरी नामी भिगोमा रेन सेन्सिङ वाइपर छैन, तर बीवाईडी एट्टो २ मा यो फिचर रहेको छ । नामी भिगोमा इको, स्पोर्ट र कम्फर्ट तथा बीवाईडी एट्टो २ मा इको, स्पोर्ट, नर्मल र स्नो ड्राइभ मोड रहेका छन् ।
सेफ्टी फिचर
दुवै गाडीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईएसपी, ईबीडी, अटोहोल्ड एन्ड एचडीसी, टीपीएमएस, अडेप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, ३६० डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ट्रयाक्सन कन्ट्रोल, आईसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका फिचर रहेका छन् ।
युनिक फिचर
नामी भिगोको युनिक फिचरको रुपमा हेवन एन्ड अर्थ टेलगेट, एक्सटेरियर स्पिकर, हिटेड–भेन्टिलेटेड–वेलकम एन्ड मेमोरी सिट, एम्बियन्ट लाइटिङ, १६७ किलोवाटको डीसी चार्जिङ सपोर्ट र स्पेयर टायरको डेडिकेटेड स्पेस सहितको ५०० लिटर बुट स्पेस रहेको छ ।
त्यसैगरी बीवाईडी एट्टो २ को युनिक फिचरको रुपमा रोटेटेबल डिस्प्ले स्क्रिन, बीवाईडी एप कन्ट्रोल, एनएफसी की कार्ड र ब्लेड ब्याट्री लगायत रहेका छन् ।
अन्त्यमा,
नामी भिगो बोल्ड डिजाइनको लागि परिचित छ र यसले दृश्य तथा कार्यात्मक दुवै हिसाबले बलियो उपस्थिति देखाउँछ । यसको बक्सी एक्सटेरियर डिजाइन, कमान्डिङ रोड प्रिजेन्स, विशिष्ट ‘हेभन एन्ड अर्थ’ टेलगेटले नेपालका फरक फरक अवस्थाका सडकहरूमा पनि भिगोलाई अलग पहिचान दिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टचस्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।
यी दुवै गाडीको मूल्यमा केही फरक भए पनि फिचरमा पनि थोरै मात्र फरक छ । यसले गर्दा ग्राहकका लागि आफूलाई उपयुक्त लाग्ने इलेक्ट्रिक एसयूभी रोजाइ अनुसार विकल्प बन्न सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...