ड्राइभिङ लाइसेन्सको अनलाइन प्रणालीका लागि आजदेखि नयाँ प्रदेशगत व्यवस्था, गुनासो सुनुवाई समेत हुने

काठमाडौं - अब ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन, नवीकरण र राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले आज देखि ड्राइभिङ लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ । अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न (अटोफिल) सक्नेछन् । यससँगै लाइसेन्स आवेदन, नवीकरण र राजस्व भुक्तानीका लागि कार्यालय धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । फारम भर्न र बैंक धाउनुपर्ने झन्झट कम हुने, विवरण टाइप गर्दा हुने गल्ती घट्ने छ ।

तर सुरुवाती चरणमा स्वास्थ्य परीक्षणका लागि कार्यालयमै जानुपर्ने हुन सक्छ। पछि स्वास्थ्य जाँचको प्रतिवेदनलाई समेत अनलाइन प्रणालीमा जोड्ने तयारी छ।

अनलाइन सेवाका लागि विभागले प्रदेशअनुसार फरकफरक वेब पोर्टलहरू निर्धारण गरेको छ । सम्बन्धित प्रदेशका सेवाग्राहीले सोही अनुसार लिंक क्लिक गरेर आवेदन दिन सक्नेछन् ।

प्रदेशअनुसार आवेदन दिने पोर्टलहरू यस प्रकार रहेका छन् :

कोशी प्रदेश: edlvrs.koshi.gov.np
मधेस प्रदेश: edlvrs.madhesh.gov.np
बागमती प्रदेश: edlvrs.bagamati.gov.np
गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np

राष्ट्रिय परिचयपत्र वा नागरिक एप नभएका सेवाग्राहीले भने साविककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिन सक्नेछन्।

गुनासो सम्बोधन​ गर्ने निकाय

यी सबै कार्यका लागि समस्या आएमा वा कुनै गुनासो भएमा सम्बोधन गर्ने निकाय समेत तोकिएको छ । सेवा प्रवाहका क्रममा आउने प्राविधिक समस्या वा गुनासो सम्बोधनका लागि केन्द्रमा विभागको ईमेल gunaso@dotm.gov.np र सम्पर्क व्यक्ति युकेश चौधरी (९८४८९०६५२८), रेणु आचार्य (९८६१५४९८६८) तथा कार्यालयको टेलिफोन ४५७४९२१ र ४५७४९२२ तोकिएको छ ।

प्रदेशअनुसार गुनासो सम्बोधन​ गर्ने निकाय:

कोशी प्रदेश: mopid@koshi.gov.np, मोबाइल नं. ९८४४०१८२५५

मधेश प्रदेश: info.molt@madhesh.gov.np, मोबाइल नं. ९८१९७७२१९९ 

बागमती प्रदेश: license.hetaudayatayat@bagamati.gov.np, ०५७-५२६१५८ 

गण्डकी प्रदेश: tmodl.kaski@gmail.com, मोबाइल नं. ९८४४०१८२५५ 

लुम्बिनी प्रदेश: tno.lumbinilicense@gmail.com, मोबाइल नं. ९८५७०४७७५८ 

कर्णाली प्रदेश: mopidskt@gmail.com, मोबाइल नं. ९८४३५०९७११ 

सुदूरपश्चिम प्रदेश: info@mopit.gov.np, मोबाइल नं. ९८५८४८०२१२​

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...