एथर ४५०एक्स अव ३० प्रतिशत छिटो चार्ज हुने, आयो नयाँ सिरिज
एथर इनर्जीले आफ्नो चर्चित मोडल ४५० एक्सलाई नयाँ परिमार्जनसहित ‘४५०एक्स...
काठमाडौं–इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी एथर इनर्जीले आम उपभोक्तालाई लक्षित गर्दै आफ्नो पहिलो मास मार्केट इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी २९ अगस्टमा आयोजना हुने ‘एथर कम्युनिटी डे’ को चौथो संस्करणका अवसरमा यस नयाँ मोडललाई प्रदर्शन गर्ने जनाएको छ ।
नयाँ स्कुटरको आगमनसँगै एथरले किफायती मूल्यमा धेरै रेन्ज र फिचर्स खोज्ने ग्राहकहरूलाई आकर्षित गर्ने रणनीति लिएको छ । एथरको यो नयाँ स्कुटर पूर्ण रूपमा नयाँ ‘ईएल प्लेटफर्म’ मा आधारित हुने पहिलो मोडल हुने वताइएको छ ।
परीक्षणका क्रममा सडकमा देखिएको यस स्कुटरलाई एथरले ईएस०१ कोडनेम दिएको छ । एथरको चर्चित ४५० एक्स सिरिजको तुलनामा यस नयाँ मोडलमा लामो ह्विलबेस र फराकिलो तथा आरामदायी सिट रहनेछ, जसले दैनिक पारिवारिक यात्रालाई थप सहज बनाउने विश्वास लिइएको छ ।
मेकानिकल बनावट र कार्यक्षमताका हिसाबले यो स्कुटर निकै सबल र व्यावहारिक हुने बताइएको छ । यसमा प्रयोग गरिएको ईएल प्लेटफर्मले २ किलोवाट आवरदेखी ५ किलोवाट आवरसम्मका ब्याट्रीलाई सहजै सपोर्ट गर्दछ ।
स्विङ–आर्ममा जडान गरिएको इलेक्ट्रिक मोटरको प्रयोग गरिने यस स्कुटरलाई आरामदायी बनाउन अगाडी टेलिस्कोपिक फर्क र पछाडि सिंगल शक एब्जर्बर उपलब्ध गराइने छ ।
एथरको अहिलेसम्मकै किफायती र व्यावहारिक मानिएको यो नयाँ मोडल सार्वजनिक भएपछि यसले भारतीय तथा नेपाली बजारमा कडा प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...