३८ मिनेटमै १० हजार अर्डर, चीनमा जीकर ८एक्सको धमाका
विद्युतीय सवारी साधन निर्माता कम्पनी जीकरले आफ्नो नयाँ प्लग–इन हाइब्रिड...
जेएसडब्लू मोटर्सले आफ्नो पहिलो प्रिमियम एसयूभी जेटुर टी२ ल्याउने तयारी गरिरहेको छ। कम्पनीले सो एसयूभी अक्टुबर-नोभेम्बर २०२६ मा लन्च गर्ने अपेक्षा गरिएको छ ।
जेएसडब्लू जेटुर टी२ मा १.५ लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको प्लग-इन हाइब्रिड सिस्टम प्रयोग गरिनेछ। यसले संयुक्त रूपमा ३८१ बीएचपी पावर र ६१० एनएमको टर्क उत्पादन गर्नेछ । कम्पनीका अनुसार सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ७ सेकेन्डमा हासिल गर्न सक्छ ।
यसमा २६.७ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक पनि जडान गरिएको छ। फुल इलेक्ट्रिक मोडमा यसले १३९ किलोमिटर तथा पेट्रोल इन्जिन र इलेक्ट्रिक सिस्टमको संयुक्त प्रयोगमा सो एसयूभीले करिब १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। फास्ट चार्जरबाट यसको ब्याट्री करिब ३० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
जेटुर टी२ मा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोनीको प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड, वायलेस मोबाइल चार्जिङ, प्यानोरामिक सनरुफ, ड्युअल-जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, अडेप्टिभ क्रुज कन्ट्रोल, मल्टीपल एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र लेभल २ एडास जस्ता फिचर समावेश गरिएको छ ।
जेएसडब्लू मोटर्सले जेटुर टी२ को अनुमानित मूल्य ३५ लाखदेखि ४५ लाख भारुसम्म रहने अपेक्षा गरिएको छ। भारतीय बजारमा जेटुर टी२ ले टाटा सफारी, महिन्द्रा एक्सयूभी ७एक्सओ, स्कोडा कोडियाक, जिप मेरिडियन र टोयोटा फर्च्युनरजस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...