हुन्डाई क्रेटाको बिक्री १५ लाख नाघ्यो, अर्को वर्ष नयाँ पुस्ता आउँदै
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको भारतमा कुल बिक्री १५ लाख...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी१० एकेडेमी सँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । वर्ल्ड कप २०२६ ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको हो ।
फिफा वर्ल्ड कप २०२६ को अफिसियल पार्टनरका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन ‘नेक्स्ट स्टार्टस नाउ’ अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पु¥याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भन्यु, टिम आयोनिक, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई१० निओस र टिम प्यालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक प्रतिस्पर्धापछि टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो ।
प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको कम्पनी भनाई छ । साथै, एजी१० एकेडेमीसँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पु¥याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ ।
यस अवसरमा एकजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको अभाव कहिल्यै नभएको बताए । ‘यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन् । हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु’ उनले भने ।
हुन्डाई नेक्स्ट जेन कप युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवद्र्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन सोचको प्रतिबिम्ब हो । उक्त प्रतियोगिताको सफल समापनसँगै हुन्डाई नेपालले ग्रासरुट फुटबलको विकास र भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...