चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रुपमा परिचित बीएआईसी ब्रान्ड नेपाल भित्रिदै

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा परिचित अटोमोबाइल ब्रान्ड बीएआईसी अब नेपालमा समेत उपलब्ध हुने भएको छ । बीएआईसी चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी हो। नेपालमा हुन्डाई र बीएमडब्लु जस्ता प्रतिष्ठित ब्रान्डका सवारी साधन उपलब्ध गराइरहेको लक्ष्मी ग्रुपमार्फत सो ब्रान्ड नेपाली बजारमा औपचारिक रूपमा प्रवेश हुँदैछ। विश्वस्तरीय पहिचान बनाएको यस ब्रान्डको आगमनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

आधुनिक प्रविधि र आकर्षक एसयूभी डिजाइनका लागि परिचित बीएआईसीले चीनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। लक्ष्मी ग्रुपमार्फत नेपालमा यसको प्रवेशसँगै नेपाली ग्राहकले विश्वस्तरको प्रविधि, गुणस्तर र नवप्रवर्तनयुक्त अटोमोबाइल अनुभव गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

बीएआईसीको बीजे ३० एसयूभी पहिलो पटक नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गर्ने र यसका लागि आवश्यक तयारी भइरहेको लक्ष्मी ग्रुपको भनाइ छ । नेपाली बजारमा हाल इलेक्ट्रिक गाडी अर्थात ईभीको लहर चलेको छ । यसै सन्दर्भमा हाइब्रिड गाडीको मागमा समेत वृद्धि हुन थालेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै लक्ष्मी ग्रुपले बीजे ३० नेपाली बजारमा उपलब्ध गराउने आवश्यक तयारीका साथ शोरुम र अन्य आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ ।

बीएआईसी ग्रुपले चीनमा हुन्डाई र मर्सिडिज–बेन्ज जस्ता विश्वप्रख्यात अटोमोबाइल ब्रान्डसँग सहकार्य गर्दै आइरहेकोले नेपाली उपभोक्ताको रोजाइमा बीजे ३० सहजै पर्ने विश्वास लक्ष्मी ग्रुपले लिएको छ।

बीजे ३० अफरोड र सहरी क्षेत्र दुवै अवस्थामा चलाउन सकिने हाइब्रिड एसयूभी हो । बक्सी डिजाइनमा तयार भएको बीजे ३० मा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स र अन्य विभिन्न फिचर रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...