स्कोडाले भोली नेपालमा कुशाक फेसलिफ्ट लन्च गर्दै, यस्ता छन् विशेषता

काठमाडौं–नेपाली सडकमा निकै रुचाइएको र लामो समयदेखि प्रतिक्षा गरिएको स्कोडाको प्रिमियम एसयूभी कुशाक फेसलिफ्ट भोलि(आइतबार) आधिकारिक रूपमा नेपाली बजारमा लन्च हुने भएको छ ।

नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लू ग्रुपले भोलि एक विशेष समारोहका बीच यस नयाँ एसयूभीलाई सार्वजनिक गर्ने तयारी गरेको हो ।

नयाँ कुशाकको एक्स्टेरियरलाई पहिलेभन्दा अझ बढी मस्कुलर र प्रिमियम बनाइएको छ । यसमा नयाँ एलईडी हेडलाइट, परिमार्जित डीआरएल र सेग्मेन्टेड एलईडी लाइट बारसहितको रि–डिजाइन गरिएको ग्रिल पाउन सकिन्छ ।

कुशाक फेसलिफ्टको मुख्य आकर्षण यसको क्याबिनभित्र गरिएको प्राविधिक क्रान्ति हो । यस सेग्मेन्टमै पहिलो पटक कारमा गुगल जेमिनी एआई असिस्टेन्टको सपोर्ट दिइएको छ ।

यसमा नयाँ १०.१ इन्चको अत्याधुनिक टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको फुल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । त्यसैगरी, लामो यात्रालाई आरामदायी बनाउन यसमा मसाज फंसन सहितका ६–वे पावर्ड एड्जस्टेबल एन्ड भेन्टिलेटेड रियर सिट उपलब्ध गराइएको छ ।

नयाँ कुशाकमा प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, फ्रन्ट पार्किङ सेन्सर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर तथा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर पाउन सकिन्छ ।

१.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको यस एसयूभी ६–स्पिड म्यानुअल र पूर्ण रूपमा नयाँ ८–स्पिड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध हुनेछ ।

यस एसयूभीको प्रिमियम तथा स्पोर्टियर भेरिएन्टमा ७–स्पिड डुअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको शक्तिशाली १.५ लिटर इन्जिनको विकल्प प्रदान गरिएको छ ।

भारतीय बजारमा यसको सुरुवाती मूल्य १० लाख ६९ हजार भारु निर्धारण गरिएको छ भने सबैभन्दा महँगो भेरिएन्टको मूल्य १९ लाख भारुसम्म तोकिएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ५५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...