टीभीएस अपाचेको रफ्तार : २ वर्षमै २० लाख युनिट बिक्री, विश्वभर ७० लाख ग्राहक
काठमाडौं–टीभीएसको लोकप्रिय सिरिज अपाचेले विश्वव्यापी बजारमा एक नयाँ र...
टीभीएस मोटर्सले इन्डोनेसियामा नयाँ क्यालिस्टो ११० स्कुटर लन्च गरेको छ। दैनिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको सो स्कुटरमा आधुनिक प्रविधि, बढी स्टोरेज क्षमता र उन्नत सेफ्टी सुविधासहित बजारमा ल्याइएको हो।
सो स्कुटरमा नयाँ इन्जिन जडान गरिएको छ, जसमा इन्टिग्रेटेड स्टार्टर जेनेरेटर टेक्नोलोजी प्रयोग गरिएको छ। साथै यसमा स्टप गो सिस्टम पनि समावेश गरिएको छ । सो सिस्टममा ट्राफिक जाममा इन्जिनलाई स्वतः बन्द हुन्छ र यसले इन्धनको खपत घटाएर माइलेज कम्तीमा १० प्रतिशतसम्म वृद्धि गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।
नयाँ क्यालिस्टो ११० को सिटमुनि ३३ लिटरको स्टोरेज उपलब्ध गराइएको छ, जहाँ दुईवटा हाफ हेलमेट सजिलै अटाउन सक्छ । साथै स्कुटरको फ्रन्टमा फ्युल फिलिङ सिस्टम, मोबाइल चार्ज गर्न युएसबी चार्जिङ पोर्ट, लामो तथा आरामदायी सिट र समायोजन गर्न मिल्ने पछाडिको सस्पेन्सन जस्ता फिचर दिइएको छ ।
सेफ्टीका लागि यसमा इमर्जेन्सी ब्रेक सिग्नल र अटो अफ टर्न सिग्नल दिइएको छ । यी फिचरले सवारी चालकको सुरक्षा बढाउनुका साथै सडक दुर्घटनाको जोखिम कम गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
इन्डोनेसियामा टीभीएस क्यालिस्टो ११० चार आकर्षक रङमा उपलब्ध हुनेछ । यसको मूल्य करिब २०.९ मिलियन इन्डोनेसियाली मुद्रा तोकिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...