अब लाइसेन्स दस्तुर दोब्बर

काठमाडौं - गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को शुल्कमा शतप्रतिशत अर्थात पहिले भन्दा दोब्बर शुल्क वृद्धि गरेको छ ।

यातायात व्यवस्था कार्यालयले लिने अनुमतिपत्र र नवीकरणको सन्दर्भमा दुई पांग्रे र चार पांग्रे सवारी साधनको शुल्क हालको भन्दा दोब्बर बुझाउनु पर्नेछ ।

मोटरसाइकल तथा स्कुटरमा यसअघि नवीकरण वा अनुमति पत्र दस्तुर एक हजार ५०० रुपैयाँ रहेकोमा अब तीन हजार तिर्नुपर्ने छ । यसको आवेदन शुल्क पनि ५०० बाट बढाएर एक हजार बनाइएको छ । वर्ग थप दस्तुर पनि ५०० बाट एक हजार पु¥याइएको हो ।

कार, जिप र भ्यानमा अब ४ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसअघि लाइसेन्स वा नवीकरण दस्तुरमा यसको आधा मात्र थियो । आवेदन शुल्क पनि दोब्बर बनाएर एक हजार पु¥याइएको छ ।

बस, ट्रक, डोजर र क्रेनको चालक अनुमतिपत्र तथा नवीकरण शुल्क अब ६ हजार रुपैयाँ तिनुपर्ने छ । यसअघि ३ हजार रुपैयाँमात्र थियो । लाइसेन्स प्रतिलिपि शुल्क पनि अब एक हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

अब लाइसेन्सको नवीकरण पनि १० वर्षमा हुने भएकाले शुल्क दोब्बर बनाइएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट चालक अनुमति पत्र : नाम स्मार्ट, काम नो स्मार्ट

स्मार्ट चालक अनुमति पत्र : नाम स्मार्ट, काम नो स्मार्ट

काठमाडौं –  पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी...

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी लाइसेन्स ?

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी लाइसेन्स ?

कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र...

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र (लाइसेन्स) का लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...