सरकारको १०० दिन : सेवाग्राहीको घरमै पु-याइयो १ हजार ८९ ड्राइभिङ लाइसेन्स

काठमाडौं - सरकार गठन भएको सय दिनको अवधिमा सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु-याइएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा सरकार गठन भएको सय दिनको अवधिमा सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु-याइएको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा ती लाइसेन्सहरू सेवाग्राहीको घरमै पु-याइएको हो ।

यातायात व्यवस्था विभागबाट प्राप्त आठ लाख आठ हजार ३१ वटा सवारी चालक अनुमतिपत्रहरू सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले उपलब्ध गराएको सारांशमा उल्लेख छ ।

सरकारले १६ असारसम्म २३ लाख ७५ हजार १८१ थान सवारी चालक अनुमतिपत्र छपाई सम्पन्न भएको पनि जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्रको लागि प्राप्त नयाँ २१ लाख सात हजार ९६८ आवेदनको हकमा यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई,’ मन्त्रालयको सारांशमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै, अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने

राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै, अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने

काठमाडौँ —राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गर्ने तयारी गरेसँगै...

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

फारम भरेको केही दिनमै आफूले भनेकै दिन ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइने

काठमाडौँ – चालक अनुमति पत्रको परीक्षाका लागि वर्षौँ कुरेर पनि...

गाडी मोह, प्रदेश १ सरकारले गाडी किन्न ३ अर्व ११ करोड खर्चिने

गाडी मोह, प्रदेश १ सरकारले गाडी किन्न ३ अर्व ११ करोड खर्चिने

सवारीसाधनको आयातमा ठूलो रकम विदेशिएको र यसले विदेशी मुद्राको सञ्चितिमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...