जुन महिनामा बीवाईडीले बेच्यो ४ लाख युनिट कार, डेन्जा ब्रान्डले बनायो नयाँ रेकर्ड

बीवाईडीले जुन २०२६ को आफ्नो आधिकारिक बिक्री तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले जुन महिनामा कुल ४ लाख ३ हजार ४७२ युनिट सवारी साधन बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

कुल बिक्रीमध्ये प्यासेन्जर भेइकलको हिस्सा ३ लाख ९७ हजार २९२ युनिट रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ५.४ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशत बढि हो ।

बजारमा पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड प्रविधि दुवैको माग लगभग बराबर देखिएको छ । जुन महिनामा बीवईडीले २ लाख १ हजा ४७२ युनिट पूर्ण विद्युतीय र १ लाख ९५ हजार ८२० युनिट प्लग–इन हाइब्रिड सवारी साधन बिक्री गरेको छ ।

विदेशी बजारमा पनि बीवाईडीको क्रेज लोभलाग्दो देखिएको छ । जुन महिनामा कम्पनीले १ लाख ७४ हजार ८९७ प्यासेन्जर भेइकल र पिकअप ट्रकहरू निर्यात गरेको छ, जुन गत वर्षको सोहि अवधीको तुलनामा ९५ प्रतिशतको ठूलो वृद्धि हो । योसँगै २०२६ को पहिलो ६ माहीमा बीवाईडीको कुल वैदेशिक बिक्री ७ लाख ८९ हजार ३६७ युनिट पुगेको छ ।

डाइनस्टि सिरिज कम्पनीको मुख्य आधार बनेको छ । यस अन्तर्गत एट्टो मोडलले जुन महिनामा मात्रै ७२ हजार ५४६ युनिट बिक्री पाएको छ । यस्तै, सङ मोडल ५३ हजार ६५३ युनिट र क्विन १४ हजार ९०० युनिट बिक्री भएका छन् । भर्खरै सार्वजनिक भएको एम९ मोडलले पनि १ हजार भन्दा बढीको बिक्री खाता खोलेको छ ।

डेन्जा ब्रान्डले इतिहासमै पहिलो पटक मासिक बिक्रीमा २० हजारको माइलस्टोन पार गर्दै २० हजार ३५२ युनिट बिक्री गरेको छ । यसमा डी९ मोडल ८ हजार २५३ युनिट र जेड९ ६ हजार भन्दा बढी युनिट बिक्री भएका छन् ।

त्यसैगरी, कम्पनीले फाङ चाङ बाओका कुल २७ हजार ७१० युनिट र लक्जरी ब्रान्ड याङवाङको यू९ एक युनिट बिक्री गरेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ बीवाईडी सीलको तीन भेरिएन्ट : ब्याट्री, मोटर, पावर र पर्फमेन्समा भिन्नता

यस्तो छ बीवाईडी सीलको तीन भेरिएन्ट : ब्याट्री, मोटर, पावर र पर्फमेन्समा भिन्नता

बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सीलको नेपालमा बिक्री सुरु भएको छ ।...

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...